डा. बाबुराम भट्टराईको शल्यक्रिया

भिडियो सहित हेर्नुहोस !
Advertisement


: नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ‘प्रोस्टेट’को शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

शुक्रबार दिउँसो डा. भट्टराईको शल्यक्रिया नागरिक कम्युनिटी अस्पताल भक्तपुरमा सम्पन्न भएको हो। भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार डा. भट्टराई ६–सात महिनादेखि ‘प्रोस्टेट’ समस्याबाट पीडित थिए।

चिकित्सकको सल्लाह अनुसार शुक्रबार बिहान नौ बजे अस्पताल भर्ना भएका भट्टराईको साँझ ४ बजे शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो।

भट्टराईकी छोरी मनुसी यामी भट्टराईका अनुसार डा. राकेश बर्माको टोलीले शल्यक्रिया गरेको हो। मनुसीले शल्यक्रिया सफल भएपछि सामाजिक सञ्जाल फेसबुकम मार्फत् अस्पताल परिवारलाई धन्यवाद दिएकी छिन्।