काठमाडौंको भिएस निकेतन स्कुल नजिकै बागमती किनारमा १ जनाको शव फेला परेको छ। महानगरीय प्रहरी वृत बानेश्वरका अनुसार नदीले बगाएर ल्याएको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। अन्दाजी ३५ वर्षिय पुरुषको शव कहाँबाट बगेर आएको भन्ने यकीन भइनसकेको प्रहरीले जनाएको छ।
काठमाडौंका अन्य ठाउँमा भने पानीले कुनै क्षतिको नभएको प्रहरीले जनाएको छ।यस्तै ललितपुर प्रहरीका अनुसार नख्खु खोलाको एरियामा पर्ने केही घर डुबानमा परेका छन्। यद्यपी अहिलेसम्म कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। यस्तै काठमाडौंको बाफल एरियाका तल्लो क्षेत्रमा पनि पानी पसेको छ। ज्ञानोदय स्कुलको मैदानमा र तल्लो तलामा पानी पसेपछि स्कुल बन्द गरिएको छ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रियआापतकालीन सन्चालन केन्द्रका अनुसार मुग्लिङ नारायणगढ सडकमा पहिरो आएपछि अवरूद्ध भएको छ। रसुवाको धुन्चे-स्याप्रुवेशी सडकमा पनि पहिरोले अवरोध भएको छ। कुनै मानवीय क्षतिबारे जानकारी नआएको मन्त्रालय जनाएको छ।
एक जुट हुदै अमेरिकामा रहेका कलाकारहरु The news broadcast over the radio (in the film’s backdrop) hints that White Sun is set in the time of promulgation of Constitution in 2015. In this si…Read More