नेपाल टेलिकमको प्रिपेड सिम बाढीबाट प्रभावित क्षेत्रमा निःशुल्क, कुन कुन जिल्ला परे ?
बाढीमा सिम हराए वा नष्ट भएमा नयाँ सिमकार्ड सित्तैमा
काठमाडौं, १५ भदौ । नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लामा आफ्नो प्रिपेड सिम निःशुल्क वितरण गर्न थालेको छ ।
२३ वटा जिल्लाहरु (झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) मा ५० रुपैयाँको टक भ्यालू (Talk Value) सहितको जिएसएम प्रिपेड सिम कार्ड र सिम कार्डबाट कम्पनीको नेटवर्कभित्र (On-Net) थप ५० मिनेट बराबरको निःशुल्क कल गर्ने सुविधा सहितको सिम निःशुल्क वितरण गरिरहेको हो ।
साथै बाढी प्रभावित क्षेत्रका नेपाल टेलिकमका ग्राहकहरुले आफूले प्रयोग गरिरहेको सिम नष्ट भएको वा हराएको भनी निवेदन पेश गरेमा सो को सट्टामा अर्को सिम कार्ड नेपाल टेलिकमले निःशुल्क उपलब्ध गराउने छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकहरुका लागि यो सेवा उपलब्ध गराएको हो । यो सुविधा यहि भाद्र १२ गते देखि २६ गतेसम्म उपलब्ध हुनेछ । कम्पनीको ग्राहक सेवा केन्द्रबाट यो सुविधा लिन सकिने टेलिकमकी प्रवक्ता प्रतिभा वैधले जानकारी दिएकी छन् ।
साउदी अरबमाथिको ठूलो हवाई आक्रमण विफल साउदी अरबले आफूमाथि गरिएको एक क्षेप्यास्त्र आक्रमणलाई विफल पारिदिएको छ । यो ब्यालिस्टिक क्षेप्यास्त्र यमनबाट प्रहार गरिएको थियो ।यमनका विद्रोहीहरूले …Read More