निर्माता सुनीलकुमार थापा र नायिका तथा नवनिर्देशक भरना थापाको जोडीबारे नेपाली फिल्म इन्ड्रस्टिजमा थुप्रै चर्चा हुँदे आएको छ । २२ बर्षअघि २०५३ असार २५ गते प्रेम विवाह गरेका उक्त जोडीबीचको सम्बन्ध निकै लोभलाग्दो छ । झरनाको डेब्यु चलचित्र ए मेरो हजुर २ भदौ १६ गते रिलिज हुँदै छ । आफूहरुको सुखमय दाम्पत्य जीवनको रहस्यबारे झरनाले खोलेकी छन् । आजको नयाँ पत्रिकामा छापिएको छ ।
एकअर्काप्रति विश्वास सुटिङका लागि म कहिलेकाँही पूर्वमा हुन्थेँ, उहाँ पश्चिममा हुनुहुन्थ्यो । चलचित्रको छायांकनका लागि बिहानै हिँडेकी म साँझ घरमा टुप्लुक्क आइपुग्थेँ, तर उहाँ कहिल्यै रिसाउनुभएन । म पनि रिसाइन । हामी दुईबीच विश्वास थियो । त्यसैले हाम्रो सम्बन्धमा कहिल्यै तुसारापात आएन । एकले अर्कालाई बुझ्छौं उहाँ र म बीच केही विवाद भए पनि उतिखेरै समाधान हुन्छ । हामी दुबै उक अर्काको अनुभूति बुझ्न सक्छौं । माया-प्रेम कायम जुन दिन उहाँप्रति मेरो माया जाग्यो र उहाँले मलाई माया गर्न थालनुभयो, त्यसपछि निरन्तर माया छ । जस्तोसुकै परिस्थितमा पनि एक अर्कालाई धेरै माया गर्यौं । रेस्पेक्ट माया प्रेमसँगै सम्बन्धमा रेस्पेक्ट भएन भने, त्यो सम्बन्ध कहिल्यै टिक्दैन । हामीमा सधैँ रेस्पेक्ट कायम छ
२ गिलास पानीले यसरी घटाउँछ ४ दिनमै मोटोपनमानिसहरु आफ्नो खानपानमा ध्यान दिदैनन् । जसका कारण अहिले आम मानिसहरु मोटोपनका समस्याले हैरान बनेका छन् । धेरैले मोटोपनको समस्या हटाउन अनेकौं उपाए अपनाइ…Read More