बिथोलिए वन्यजन्तु

भिडियो सहित हेर्नुहोस !
Advertisement


भाद्र १४, २०७४- बाढीले अहिलेसम्म १० गैंडा बगाएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । बगेका गैंडाको वास्तविक संख्या भने अझै यकिन नभएको निकुञ्जको भनाइ छ ।
गत साउन २७ को वर्षापछि राप्ती र नारायणीमा आएको बाढीले निकुञ्जका गैंडा बगाएको हो । बाढीले केही भारत तथा केही गैंडा नवलपरासी क्षेत्र पुगेको अनुमान छ । बगाएर एक गैंडा मरेको थियो । भारतको वाल्मीकिस्थित डिभिजन फरेस्ट अधिकृत अमित कुमारले नेपाल–भारत सीमाभन्दा ६ किमि पर वयस्क गैंडा देखिएको चितवन निकुञ्जलाई जानकारी दिएपछि प्राविधिकसहितको टोली उद्धारका लागि पुगेको सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जनाए । ‘१० गैंडा बगाउनु भनेको ठूलो संख्या हो,’ उनले भने, ‘६ वटा उद्धार गरिसकेका छौं, हेरौं अब कति गर्न सकिन्छ ।’
भारतीय फरेस्ट अधिकृत अमितले झन्डै ५० कर्मचारी जंगलमा गैंडाको रेकीका लागि परिचालन गरेका छन् । निकुञ्जका ३ हात्ती र राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा. कमल गैरे तथा प्राविधिकसहितको ४० कर्मचारी संलग्न टोली भारत पुगेको छ । बाढीले बगाएका गैंडा
उद्धार गर्न भदौ १ देखि खटिएको टोलीले १० दिनभित्र २ भालेसहित ६ गैंडाको उद्धार गरेको थियो । ५ गैंडा निकुञ्जमा छाडिएको छ । सुरक्षा खतरा महसुस गर्दै उद्धार गरिएको एउटा सानो बच्चा (केटा) लाई कोषको कार्यालयमा संरक्षण गरी राखिएको छ ।
लगातारको वर्षाले बासस्थान डुबानमा परेपछि गैंडालगायत वन्यजन्तु छिन्नभिन्न भएका छन् । बाढीले बगाएका २ वटा एकसिंगे गैंडा नवलपरासीको सुस्ता ५, चन्द्रगन्जमा फेला परेका थिए । बासस्थानबाट झन्डै १५० किमि टाढा पुगेकाले जंगलभित्र गैंडा एकै स्थानमा बसेको छैन । मानिस र अन्य जनावर देख्नासाथ दौडिने गरेकाले डार्ट (बेहोस) गर्न समस्या भएको अधिकृत अर्यालको भनाइ छ । निकुञ्ज क्षेत्रबाटै राप्ती र नारायणी नदी बग्छन् ।
यही नदीको बाढीले गैंडा, गोहीलाई बगाएर भारत पुर्‍याउँछ । एकैपटक यति धेरै गैंडा बगेर भारत पुगेको यो पहिलोपटक हो । निकुञ्जमा अहिले ६ सय ५ गैंडा रहेको तथ्यांक छ

Related Posts: