कार्यक्रममा कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले भ्रष्टाचार नियन्त्रण गर्ने राज्यका निकाय, राजनीतिक दलहरु र न्यायालयमा नै बढि भ्रष्टाचार हुँदा मूलुक शिथिल बन्दै गएको बताउनुभयो ।
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले भ्रष्टाचारका कारण मुलुक गम्भिर संकटमा पर्दै गएको बताउनुभएको छ ।
पत्रकार हरिबहादुर थापाद्वारा लिखित पुस्तक रजगजको विमोचन गर्दै पूर्व प्रधानन्यायाधीश कार्कीले भ्रष्टाचारका कारण राज्यका निकाय नै निष्क्रिय बन्ने अवस्था निम्तिन दिनु नहुने बताउनुभयो । उहाँले भ्रष्टाचारविरुद्ध हरेक कोणबाट विरोध गर्न तत्पर रहनुपर्ने बौद्धिक समूह नै चुप बस्ने प्रवृति उपयुक्त नभएको समेत उल्लेख गर्नुभयो । पूर्वप्रधानन्यायाधीश कार्कीले मूलुकमा भ्रष्टाचारले सबै तहमा जरा गाडेकाले भ्रष्टाचार नियन्त्रणका प्रयास बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा सासद तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले भ्रष्टाचार नियन्त्रण गर्ने निकायका काम नै कानुन सम्मत नदेखिने परिस्थितिले भ्रष्टाचार नियन्त्रणको काम कठिन बन्दै गएको बताउनुभयो ।
पत्रकार थापाद्वारा लिखित पुस्तक रजगजको समीक्षा गर्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले राज्यमा भएको नीतिगत भ्रष्टाचार नियन्त्रण गर्नका लागि भएका प्रयास प्रभावकारी नभएको औंल्याउनुभयो ।
कार्यक्रममा कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले भ्रष्टाचार नियन्त्रण गर्ने राज्यका निकाय, राजनीतिक दलहरु र न्यायालयमा नै बढि भ्रष्टाचार हुँदा मूलुक शिथिल बन्दै गएको बताउनुभयो । पत्रकार थापाद्वारा लिखित पुस्तक रजगज राजनीतिक दल, दरबार, अदालत र अख्तियारभित्रका पर्दा भित्र र बाहिर हुने भ्रष्टाचारका बिषयमा केन्द्रीत छ ।