महेन्द्रनगर: महाकाली नदिमा बन्ने चारलेनको पक्की पुलको प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका छन्। बिहीबार प्रधानमन्त्री देउवाले भीमदत्त नगरपालिका वडा नम्बर १२ ओदालीस्थित निर्माण स्थलमा पुलको शिलान्यास गरेका हुन्। ३ अर्ब २६ करोड ९३ लाखको लागतमा निर्माण हुने पुल ३ बर्ष भित्र निर्माण सम्पन्न हुनेछ। कुमार सिएफईसि जेभी महेन्द्रनगरले पुलको निर्माण गर्न लागेको हो। दोधारा चाँदनी झोलुङ्गे पुलबाट २ दशमलब ५ किलोमिटर उतर तथा महाकाली नदिको सारदा ब्यारेजबाट ५ किलोमिटर तल निर्माण हुन लागेको चार लेनको पक्की पुलको लम्बाई ८ सय मिटर छ भने चौडाई २३ दसमलब ८ मिटर रहेको छ। सरकारले पुल निर्माणका लागि चालू आर्थिक बर्षमा ९९ करोड ६५ लाख रकम बिनियोजन गरेको छ। जसमध्ये १० करोड रकम पुलसँगै निर्माण हुने सडकका लागि जमिन मुआब्जामा खर्च गरिने भएको छ।
दुर्घटनामा चालक सहित ३ जनाको मृत्यु हुग्दीखोला (धादिङ): पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ हुग्दी खोलामा शुक्रबार बिहान ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै म…Read More
अनिता लामा सधैं पहिलोबौद्धस्थित जेनेसिस एकेडेमीबाट गत साल ए प्लस (जीपीए ३.६५) ल्याएर एसएलसी पास गरेकी अनिता लामा जीवनमा कहिल्यै दोस्रो भएकी छैनन् । स्कुलमा सधैं प्रथम स्था…Read More