स्टार कपअन्तर्गत आज तीन खेल : यस्तो छ तालिका

भिडियो सहित हेर्नुहोस !
Advertisement


सुवास लामिछाने
चितवन - चितवनको माडीमा जिल्लाकै सर्वाधिक धनराशिको फुटवल प्रतियोगिताअन्तर्गत आज तीन खेल हुँदैछ ।
खेल तालिका
पहिलो खेल : दियो क्लव राधापुर विरुद्ध जित बाहान युवा क्लव गर्दी - १२ बजे ।
दोश्रो खेल : लिवर्टी युवा क्लव इनारवरुवा विरुद्ध चैनपुर एफसीबी चैनपुर - २ वजे ।
तेस्रो खेल : बुद्ध ज्योति युवा क्लव सितलपुर विरुद्ध नेपाल वोटे समाज वनकट्टा - ४ वजे ।

हिजो भएको उद्घाटन खेलमा न्यु डाइमण्ड युवा क्लव नयाँपर्सा विजयी हुँदै दोश्रो चरणमा प्रवेश गरेको छ ।
माडीभरिका २५ टिमको सहभागिता रहेको प्रतियोगितामा विजेताले ५५ हजार १ सय ५१ रुपैयाँ, उपविजेताले २६ हजार १ सय ५१ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिल्डफिल्डर, सर्वाधिक गोलकर्ता, अनुशासित टिम, अनुशासित खेलाडीलाई नगदसहित सम्मान गर्ने बताइएको छ ।
साथै सेमिफाईनलमा पुगेका ४ टिमलाई एक÷एक सेट जर्सी वितरण गरिने आयोजक कमिटिका अध्यक्ष सूर्य अधिकारीले रातोपाटीलाई जानकारी दिए ।

Related Posts: