जब हामीलाई आफ्नो गन्तव्यमा पुग्न वाहनकै प्रयोग गर्नुपर्ने हुन्छ, त्यस्तो अवस्थामा केही उपाय अपनाए इन्धन खपत कम गर्न सकिन्छ ।

भिडियो सहित हेर्नुहोस !
Advertisement
भाद्र १३, २०७४- त इन्धनमा हुने खर्च बचत गर्ने अनेकौं तरिका छन् । यसमा सबै उपयोगी तरिका वाहनमा इन्धनको खपत कम गर्नु नै हो । जब हामीलाई आफ्नो गन्तव्यमा पुग्न वाहनकै प्रयोग गर्नुपर्ने हुन्छ, त्यस्तो अवस्थामा केही उपाय अपनाए इन्धन खपत कम गर्न सकिन्छ । 
  • वाहन चलाउने शैलीमा सुधार : वाहनलाई निर्धारित सीमाभित्रै रहेर चलाउनुपर्छ । यो इन्धन बचाउने सबैभन्दा सजिलो र उपयोगी तरिका हो । तपाईंको वाहन जुन रफ्तारमा सबैभन्दा माथिको गियरमा राखिन्छ, सामान्यत: त्यही गति तपाईंको गाडीका लागि सर्वाधिक इन्धन–मैत्री हो । वास्तवमा, ५० भन्दा माथि जब तपाईं गाडीको गति बढाउनुहुन्छ, यसको अर्थ प्रत्येक ५ माइल प्रतिघन्टा (८ किमि/घण्टा) को बढ्दो रफ्तारका कारण तपाईंको खर्च इन्धनको हिसाबले बढ्छ । गाडीको बढ्दो गतिसँगै इन्धनको क्षमता पनि घट्छ । त्यस्तै ट्राफिक बत्तीले पनि गति सीमालाई नियमित गर्नेछ । यदि तपाईं निर्धारित गति सीमाभन्दा बढी रफ्तारमा गाडी चलाउनुहुन्छ भने तपाईंको गाडी पटक–पटक रोक्दै चलाउनुपर्ने हुन्छ, जुन इन्धन बचाउने सही तरिका होइन । 
  • टेलगेट नगर्नू र सधैं ब्रेकलाई थिचेर नराख्नू : टेलगेट नगरेको अवस्थामा (आफ्नो अगाडि गुडिरहेको वाहनबाट पर्याप्त दूरी बनाएको स्थिति) तपाईंको इन्धन खेर जानबाट रोक्छ । यस्तो अवस्थामा दूरीमा साधन गर्नका लागि तपाईंको वाहनको रफ्तार बढाउन सामान्यत: एक्सिलरेटर ठिच्नुपर्छ । किनभने ब्रेक लगाउने समय तपाईंको गति कम हुन्छ । गाडीलाई एउटा स्थिर गति र अगाडि गुडिरहेको वाहनबाट सुरक्षित बनाइराखेको स्थितिमा इन्धनको बचत हुन्छ । पटक–पटक ब्रेक लगाउँदा शक्ति क्षय हुन्छ । अनावश्यक रूपमा ताप पनि उत्पन्न हुन्छ । यसले ब्रेक पनि कमजोर हुन पुग्छ । 
  • गति बिस्तारै बढाउनु : एकैपटक बाहनको गति बढाउँदा इन्धन मात्रै बढी खर्च हुँदैन टायर पनि तीव्र गतिमा घिस्रिने हुन्छ । वाहनको रफ्तारलाई बिस्तारै बढाउँदा इन्धनको त्यति मात्रा मात्रै उपयोगी हुन्छ, जति आवश्यक पर्छ । अर्थात् एक्सिलेटर र ब्रेक प्याडललाई जति कम थिचिन्छ र छाडिन्छ, तपाईंको त्यति नै बढी इन्धन बचत हुन्छ । 
  • एउटै लेनमा स्थिरताका साथ वाहन चलाउनु : कहिले बिस्तारै र फेरि एक्कासि तीव्र गतिमा वाहन चलाउँदा इन्धनको खपत बढ्छ । एक्सिलेटरमाथि खुट्टा स्थिर राखेमा इन्धन समान बहावका साथ इन्जिनमा पुग्छ । उकालोमा बाहनको गति कम हुन दिन पर्छ र ओरालोमा तीब्र । यसबाट पनि इन्धनको बचत हुन्छ । सडकमा सर्पजस्तो आफ्नो सवारीसाधन नचलाउनुस् । कारण यस्तो अवस्थामा पटक–पटक तपाईंले लेन परिवर्तन गरिरहनुपर्छ, गतिमा तीव्र सुधार पनि ल्याउनुपर्ने हुन्छ । रिल्याक्समा बस्नुस् र एउटा लेनमा आफ्नो वाहनलाई राख्नुस् । 
  • हाइवेमा चलाउने बेला ओभरड्राइभ र क्रुज कन्ट्रोलको उपयोग : यदि ओभरड्राइभ र क्रुज कन्ट्रोलको सुविधा तपाईंको गाडीमा छ भने त्यसको उपयोग गर्दै आफ्नो खुट्टालाई ब्रेक र एक्सिलेटरभन्दा टाढा राख्न सक्नुहुन्छ । ओभरड्राइभ मोडमा गाडीको इन्जिनको गति कम हुन्छ, जसले इन्जिनको आयु पनि बढ्छ । क्रुज कन्ट्रोल मोडले गाडीलाई स्थिर र समान गतिमा राख्ने भएकाले इन्जिनमा इन्धनको बहाव समान र सामान्य रहन्छ । तर यसको उपयोग हाइवेमा मात्रै गर्नुपर्छ । सहरी सडकमा गर्नु हुँदैन । किनभने सहरका सडकमा पटक–पटक रोक्दै गाडी चलाउँदा तपाईं क्रुज कन्ट्रोल मोडको उपयोग गरे/नगरे पनि फरक पर्दैन । 
  •  गियरको प्रयोगमा विवेक : माथिल्लो गियरमा कम गति र तल्लो गियरमा तीव्र रफ्तारले वाहन गुड्दा धेरै इन्धन खेर जान्छ । गतिको हिसाबले मात्रै गियर परिवर्तन गर्नुस् । यसले तपाईंको गाडीको इन्जिनमाथिको चाप कम हुन्छ । 
  •  स्वभाव परिवर्तन गर्नू : वाहनमा इन्धन तब मात्रै भराउनुस् जब टयांकी खाली हुने अवस्था छ । हलुका गाडीमा कम इन्धनको प्रयोग हुने कुरा विज्ञानले पनि पुष्टि गरिसकेको छ । तपार्इंको वाहनको तौल कुन बेला कम हुन्छ ? जब तपाईको वाहनको टयांकी भरिएको हँुदैन । त्यस्तै तपार्इंको गाडीमा इन्धन, यसको टयांकी क्षमता १/३ भएमा र तपाईंलाई टयांकी फुल गराउने चाहना भएमा दुई दिन रोकिनुपर्छ । हुन सक्छ टयांकीमा बाँकी रहेको एकतिहाइ इन्धन पहिले भरिएको एकतिहाइबाटै चलोस् । 
  • स्टार्ट वाहनलाई धेरे बेरसम्म नरोक्नू : यदि तपाईंको बाहन कुनै ठाउँमा धेरै बेर रोकिनुपर्ने अवस्था छ भने स्टार्ट बन्द गर्दा इन्धनको बचत हुन्छ । 
  • इन्धन भरेपछि इन्धन पम्पको नोजल उल्टाउनू : इन्धन पम्पको नोजल सामान्यत: होस पाइपसँग जोडिएको हुन्छ । जब तपाईं होस

Related Posts: