भाद्र १६, २०७४- फुटसल भिलेजलाई फराकिलो अन्तरले पराजित गर्दै चौर रिक्रिएसन सेन्टरले रेडबुल राष्ट्रिय फुटसल लिग च्याम्पियनसिपमा सुखद सुरुआत गरेको छ । घरेलु मैदानमा नाम चलेका खेलाडीसम्मिलित भिलेज टोलीलाई चौरले ७–१ ले हरायो । भिलेजबाट राष्ट्रिय टोलीबाट खेलिसकेका डिफेन्डर दीपक भुसालसँगै ’ए’ डिभिजन खेलाडीको बाहुल्यता थियो । पहिलो हाफमा ३–१ ले अघि रहेको चौरले दोस्रो हाफमा ४ गोल थप्यो । अन्य खेलमा धन्यन्तरीले खुमलटारलाई ६–२ ले पराजित गर्दा बिजी ब्रदर्सले बिजी फुटसललाई ३–२ ले हरायो । हरिसिद्धि र खालीबारीले ७–७ को बराबरी खेल्दा स्वयम्भूले किक–अफलाई ३–२ ले हरायो । सामाखुसीले ढुकुलाई ५–०, शंखमूलले रेभलाई ५–२ र स्तुपाले रजनीलाई ३–२ ले पराजित गरे । दोस्रो चरणका खेल शुक्रबार हुनेछ । विजेताले ५ लाख तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउने छन् । लिगमा उत्कृष्ट प्रदर्शन गर्ने २५ खेलाडी राष्ट्रिय फुटसल टोलीको प्रारम्भिक छनोटमा पर्नेछन् । राकेश नै प्रशिक्षक एन्फाले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान राकेश श्रेष्ठलाई फुटसल टोलीको प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ । फुटसल समितिका अध्यक्ष रमेश रायमाझीले अन्य दुईलाई सहायक प्रशिक्षक चुनेको जानकारी दिए । ‘खेलाडी छनोटका साथै टोलीको प्रशिक्षणका लागि हामीले राकेशको नेतृत्वमा ३ सदस्यीय प्रशिक्षण टोली गठन गरेका छौं,’ उनले भने । राकेशसँगै सहायक प्रशिक्षकमा पूर्वराष्ट्रिय खेलाडी राजेश शाही र थ्रीस्टार क्लबका खेलाडी विष्णु गुरुङ छन् । तीनै जनाले मार्चमा आयोजित एएफसी फुटसल प्रशिक्षक कोर्स (लेभल १) उ
The meeting of the parliament scheduled for Sunday has been deferred until Monday 1:00 PM. The meeting was scheduled for 3:00 pm on Sunday. Issuing a …Read More
आफुलाई ‘छक्का’ भन्ने लाई करनको कडा जवाफकाठमाडौं, १२ बैशाख । बलिउड निर्माता करन जोहर पछिल्लो समय सामाजिक संजालहरुमा निकैनै सक्रिय छन्। आफुलाई ट्वीटरमार्फत ट्रोल गर्नेहरुलाई मुख भरीको जवाफ दि…Read More