माओवादीको निर्णय : प्रदेश १ को मुख्यमन्त्री गोपाल किराती

भिडियो सहित हेर्नुहोस !
Advertisement




राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गौरवका साथ घोषणा गरेको प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको करिब तीन महिना बित्न लाग्दासमेत विजेता टोलीलाई घोषित नगद पुरस्कार रकम उपलब्ध गराउन सकेको छैन । राखेपले गत जेठमा देशकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको रूपमा प्रथम प्रधानमन्त्री कप आयोजना गरेको थियो, जसको प्रथम पुरस्कार २० लाख र द्वितीय पुरस्कार १० लाख रुपैयाँ घोषणा गरिएको थियो ।
प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीको सहभागिता रहेको थियो । जेठ २५ गते भएको फाइनल खेलमा दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गरेका थिए । वर्षाले खेल पूरा हुन नपाएपछि दुवै टोलीलाई संयुक्त रूपमा विजेता घोषित गरिएको थियो । संयुक्त विजेता बनेसँगै आयोजक राखेपले दुवै टोलीलाई १५÷१५ लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको थियो ।
विजेता दुवै टोलीलाई उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले कीर्तिपुर मैदानमा पुगी मेडल र पुरस्कार वितरण गरेका थिए । तर, दुवै टोलीले सो पुरस्कार रकम अहिलेसम्म पाउन सकेका छैनन् । प्रतियोगिता सम्पन्न भएको तीन महिना बित्न लाग्दासमेत पुरस्कार नपाएपछि दुवै विभागीय टोलीले राखेपमा पुरस्कार रकमका लागि निवेदन नै दर्ता गराएका छन् । निवेदन दिएको साता दिन बितिसक्दा पनि अझै रकम प्राप्त नभएको उनीहरूको गुनासो छ ।

‘हामीले पुरस्कार नपाएको सम्बन्धमा राखेपमा कुरा गर्दा निवेदन दिनुस् हामी दिन्छौं भन्नुभएको थियो’, नेपाल पुलिस क्लबका खेलकुद शाखा प्रमुख भरत शाहले अन्नपूर्णसँग भने, ‘तर निवेदन दिएको पनि साता दिन भइसक्यो अझै पुरस्कार रकम पाएका छैनौं ।’ आर्मीका खेलकुद विभागका अधिकारीले पनि प्रतियोगिता सम्पन्न भएको लामो समय बितिसक्दा पनि पुरस्कार नपाउनु दुःखद् भएको बताए । ‘प्रतियोगिता सम्पन्न भएलगत्तै पुरस्कार पाउनुपर्ने हो । त्यसमाथि राखेपजस्तो खेलकुदको मुख्य निकायले गरेको प्रतियोगिताको पुरस्कार रकम नपाउनु दुःखद् कुरा हो’, आर्मीका खेलकुद विभागका एक अधिकारीले भने, ‘सरकारी निकाय नै भएकाले विरोध गर्न मुस्किल छ तर, पुरस्कार रकम नदिनु गलत हो ।’

राखेपका आर्थिक शाखा प्रमुख कपिलमणि पोखरेलले पनि विजेता टोलीलाई पुरस्कार रकम दिन नसकिएको बताए । उनले विजेता टोलीलाई पुरस्कार रकम दिनका लागि राखेपसँग त्यो शीर्षकमा रकम नै नरहेको बताए ।
‘कुनै निर्णय बिना प्रतियोगिताको घोषणा गरिएकाले अहिले त्यसका लागि रकम माग गर्न पनि मुस्किल छ । त्यो शीर्षकमा पहिले पनि रकम थिएन, अहिले पनि आएको छैन’, पोखरेलले अन्नपूर्णसँग भने, ‘त्यसैले रकम दिन सकेका छैनौं ।’ उनले रकम अर्थ मन्त्रालयमार्फत स्वीकृत भएर आउनुपर्ने र त्यसपछिमात्रै पुरस्कार रकम उपलब्ध गर्न सकिने बताए । यद्यपि त्यस सम्बन्धमा अहिलेसम्म पहल अघि नबढेकाले प्रथम प्रधानमन्त्री कपका संयुक्त विजेता टोली नेपाल पुलिस र आर्मी क्लबले पुरस्कार रकम पाउने÷नपाउने अनिश्चित बनेको छ ।

Related Posts: