देउवाले सुरुमा तेस्रो चरणको निर्वाचनका बेला अमेरिका भ्रमणमा नजाने बताए पनि महासभामा उनको सम्बोधनको पालो असोज ५ वा ६ मा आउने भएपछि उनी त्यसतर्फ जाने योजना बनेको हो ।
भाद्र १६, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवा आगामी असोज पहिलो साता अमेरिका जाने भएका छन् । राष्ट्रसंघीय महासभामा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् । यो उनको दोस्रो विदेश भ्रमण हुनेछ । देउवाले सुरुमा तेस्रो चरणको निर्वाचनका बेला अमेरिका भ्रमणमा नजाने बताए पनि महासभामा उनको सम्बोधनको पालो असोज ५ वा ६ मा आउने भएपछि उनी त्यसतर्फ जाने योजना बनेको हो । परराष्ट्र मन्त्रालयले पनि नेपाल यसपटक अन्तर्राष्ट्रिय मानव अधिकार परिषद्मा उम्मेदवार भएकाले जानुपर्ने भन्दै आएको थियो । दुई वर्षदेखि महासभामा नेपालको प्रधानमन्त्रीस्तरमा सहभागिता नभएकाले पनि जानुपर्ने भन्ने सुझाव आएपछि देउवाले भ्रमणको तयारी गर्न निर्देशन दिएको परराष्ट्रका एक अधिकारीले बताए । एक सय ९३ मुलुकको उपस्थिति रहने राष्ट्रसंघको महासभामा प्रधानमन्त्री देउवाले नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यावन्यनलगायतका विषयमा बोल्ने तयारी छ । उनले राष्ट्रसंघको साइडलाइनमा उच्चस्तरीय राजनीतिक भेटघाटसमेत गर्ने कार्यक्रम तय भइरहेको परराष्ट्र अधिकारीले बताए । प्रधानमन्त्री देउवाका साथमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा पनि रहनेछन् । महरा न्युयोर्क प्रस्थान गर्नुअघि चीन पुगेर फर्कने छन् । महरा आगामी साता चीन जाने तयारीमा छन् । आगामी मन्त्रिपरिषद् बैठकमा महराको चीन भ्रमण र देउवाको न्युयोर्क भ्रमण टोली तय हुने गरी काम भइरहेको छ । देउवाको भ्रमण टोली तय नभए पनि महराको भने भ्रमण निश्चित हुने परराष्ट्र उच्च अधिकारीले जानकारी दिए । चीनसमेत हेर्ने उत्तरपूर्वी महाशाखाले महराको भ्रमणलाई निकै ‘गोप्य’ भ्रमणको संज्ञा दिएको छ । ‘भ्रमण हुन्छ तर तिथि भन्न मिल्दैन,’ महाशाखाका एक अधिकारीले भने । अघिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक अवस्था भन्दै अन्तिम समयमा महासभामा सहभागिता रद्द गरेका थिए । त्यस्तै त्यसअघि सुशील कोइरालाले पनि अन्तिम समयमा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंह नेतृत्वमा टोली पठाएका थिए । राष्ट्रसंघको ७२ औं महासभामा युद्धकालीन अपराधका बारेमा समेत अनौपचारिक छलफल हुने हुनाले वर्तमान गठबन्धन सरकारलाई सहज भने छैन । राष्ट्रसंघमा यसपटक पनि सधैंझैं मानव अधिकार, शरणार्थी मामिला, दिगो विकास लक्ष्य, भूपरिवेष्टित र अतिकम विकसित मुलुक, शान्ति निर्माण कोष, पुरातात्त्विक संरचनाको संरक्षण, क्षेत्रीय शान्ति र क्षेत्रीय संगठनको उपस्थितिलगायत दर्जन बढी विषयमा छलफल हुनेछ । सबैमा प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री महराको सहभागिता रहनेछ । विश्व शान्तिसम्बन्धी विविध कार्यक्रममा पनि सहभागिता रहने बताइएको छ । दिगो विकास लक्ष्य घोषणा गत वर्ष नै भइसकेकाले त्यसको कार्यान्वयन, शान्ति स्थापनार्थ नेपालजस्ता मुलुकले गरेको प्रयास, विश्व शान्तिमा जाने सेनाको संख्या बढाउने, अधिकृतको कोटा बढाउनेलगायत विषयमा छलफल हुने परराष्ट्र अधिकारीले बताए । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईले भ्रमणको तयारी परराष्ट्रबाट भएको भन्दै आफूलाई सबै जानकारी आइनसकेको बताए । ‘स्थानीय निर्वाचन र संविधान दिवसपछि मात्र प्रधानमन्त्रीले आफू त्यसतर्फ जान सक्ने संकेत गरिसक्नुभएकाले यसैमा अडेर तयारी भएको होला,’ उनले भने । परराष्ट्र उच्च स्रोतका अनुसार प्रधानमन्त्रीस्तरको सहभागिता रहने जानकारी राष्ट्रसंघलाई यसअघि नै दिइसकिएको छ । परराष्ट्र मन्त्रालयले यसअघिको भारत भ्रमणको समीक्षा र चीनसँगको सम्झौता कार्यान्वयनलगायत विषयमा समेत ध्यान दिनुपर्ने भन्दै सबै कार्यलाई एकैपटक अघि बढाएको छ । अघिल्लो दुई वर्ष प्रधानमन्त्रीको न्युयोर्क यात्रा अन्तिम समयमा रद्द भएकाले यसपटक त्यस्तो नहुने गरी तयारी अघि बढेको जनाइएको छ । तर, स्थानीय निर्वाचनको अवस्था कस्तो रहने हो, त्यसबाट उनको भ्रमण तय हुने अडकल पनि परराष्ट्र अधिकारीहरूकै छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्रीस्तरीय बैठक पनि महासभाको साइडलाइनमा हुने छ ।
सेक्स कतिबेला र कतिपटक गर्ने ?सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा सेक्स …Read More