भिडियो सहित हेर्नुहोस !
Advertisement
आफनो भारत भ्रमणबाट दुई देशीय सम्बन्ध उचाईमा पुगेको दावी गर्दै उहाँले सुदूरपश्चिममा ठूलो प्राविधिक शिक्षालय स्थापना, गौरीफण्टा नाकाको स्तरोन्नती जस्ता विषयमा महत्वपूर्ण सहमति भएको जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले आजै महाकाली नदीमा बन्ने पक्की पुलको शिलन्यान गर्ने कार्यक्रम छ । ४ लेनको सो पुल ३ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । महाकाली पारीको महाकाली नगरपालिका तात्कालिन चाँदनी–दोधारा गाविसबासीको बर्षौदेखिको माग सम्बोधन गर्दै सरकारले झण्डै तीन अर्ब रुपैयाँ लागतमा पुल निर्माण गर्न लागेको हो । पुल निर्माण भएसँगै महाकाली नगरपालिकाबासीलाई कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आवत जावत सहज हुनेछ । प्रधनमन्त्री देउवाले सो पुल निर्माण भएपछि पश्चिम नेपालको समृद्धि र विकासको ढोका खुल्ने उल्लेख गर्नुभयो ।