स्वास्थ्य मन्त्रीलाई स्वाइन फ्लु भएकोबारे जिज्ञासा राख्दा डा.बस्नेतले भने,

भिडियो सहित हेर्नुहोस !
Advertisement


भाद्र १६, २०७४- स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई इन्फ्लुएन्जा ए (एच१एन१) अर्थात् स्वाइन फ्लु देखिएको छ । उच्च स्रोतका अनुसार स्वास्थ्य मन्त्रीको प्रयोगशाला प्रतिवेदनमा स्वाइन फ्लु देखिएको हो ।
वीर अस्पतालमा आइतबारदेखि भर्ना भई उपचाररत पोखरेलको स्वास्थ्य स्थिति सामान्यजस्तो भइसकेको निर्देशक डा.भूपेन्द्र बस्नेतले बताए । ‘मन्त्रीज्यूको स्वास्थ्य अवस्था सामान्य भइसकेको छ तर उहाँलाई आराम चाहिएकाले हामीले अस्पतालमै राखेका छौं,’ बस्नेतले भने, ‘उहाँलाई श्वासनलीको संक्रमण भएको छ ।’
स्वास्थ्य मन्त्रीलाई स्वाइन फ्लु भएकोबारे जिज्ञासा राख्दा डा.बस्नेतले भने, ‘इन्फ्लुएन्जा (रुघाखोकी) को लक्षणसमेत देखिएकाले हामीले स्वाइन फ्लु परीक्षणका लागि पठाएका छौं, रिपोर्ट आइसकेको छैन ।’ यस वर्ष राजधानीलगायत मुलुकका विभिन्न भागमा फाट्टफुट्ट रूपमा स्वाइन फ्लुको संक्रमण देखिइरहेको छ ।
‘सबै स्वास्थ्य केन्द्रमा चिकित्सक’
यसैबीच, स्वास्थ्यमन्त्री पोखरेलले मुलुकका १ सय ९६ वटै प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पठाइएको जनाएका छन् ।
वीर अस्पतालमा उपचाररत पोखरेलले कुनै कारण चिकित्सक पुग्न नसकेको भए तुरुन्त पठाउने व्यवस्था मिलाइएको उल्लेख गरे । उनका अनुसार स्वास्थ्यमन्त्रीको नेतृत्वमा ११ सदस्यीय उच्चस्तरीय नयाँ स्वास्थ्य नीति निर्धारण समितिसमेत गठन गरिएको छ

Related Posts: