काठमाण्डौं यसबेला चरम मंहगीले ग्रस्त शहर हो । सार्वजनिक स्थानका चाहे पसल हुन् वा होटल ती सबैमा चरम महंगी देख्न सकिन्छ । सर्वसाधारणले किनमेल गर्ने उपभोग्य वस्तुदेखि होटलको सामान्य खानासमेत पछिल्लो समय निकै महंगो हुँदै गएको छ । यही चरम महंगीको चपेटामा सर्वसाधारणहरु परिरहेको बेला केही युवाहरुले एउटा उदाहरणीय कामको सुरुवात गरेका छन् । काठमाण्डौ बाहिरका विभिन्न जिल्लाबाट उपत्यकामा आई सिंहबहादुर मोक्तान लगायतका युवाहरुले यसबेला होटलमा खाना र खाजा खाने शिक्षक, विद्यार्थी, कर्मचारी लगायत सर्वसाधारणहरुलाई निकै राहात हुने किसिमले एउटा अभियानको सुरुवात गरेका छन् ।
सिंहबहादुर मोक्तान, युवा उद्यमी, सिएम एस हस्पिटलिटी
काठमाण्डौं यसबेला चरम मंहगीले ग्रस्त शहर हो । सार्वजनिक स्थानका चाहे पसल हुन् वा होटल ती सबैमा चरम महंगी देख्न सकिन्छ । सर्वसाधारणले किनमेल गर्ने उपभोग्य वस्तुदेखि होटलको सामान्य खानासमेत पछिल्लो समय निकै महंगो हुँदै गएको छ । यही चरम महंगीको चपेटामा सर्वसाधारणहरु परिरहेको बेला केही युवाहरुले एउटा उदाहरणीय कामको सुरुवात गरेका छन् । काठमाण्डौ बाहिरका विभिन्न जिल्लाबाट उपत्यकामा आई सिंहबहादुर मोक्तान लगायतका युवाहरुले यसबेला होटलमा खाना र खाजा खाने शिक्षक, विद्यार्थी, कर्मचारी लगायत सर्वसाधारणहरुलाई निकै राहात हुने किसिमले एउटा अभियानको सुरुवात गरेका छन् ।
मकवानपुरबाट केही वर्षअघि काठमाण्डौ छिरेका मोक्तानको नेतृत्वमा कविन्द्र नापित, सन्तोष रञ्जितकार, मानप्रसाद भट्ट, राज श्रेष्ठ, शुसिला लामा लगायतका युवाहरु काठमाण्डौ सिंहदरबारभित्रको अर्थमन्त्रालयका कर्मचारीदेखि उपत्यकाका चार ठाउँका शिक्षक, विद्यार्थी र सर्वसाधारणहरुलाई तारे होटलको स्तरमा तर निकै सस्तो मुल्यमा खाना र खाजा खुवाइने होटल (क्यान्टिन)अभियानको सुरुवात गरेका छन् । करिब ४ वर्षअघिदेखि सुरु गरिएको यो अभियानले यसबेला चरम महंगीको मारमा परेका शिक्षक, विद्यार्थी र सर्वसाधारणहरुलाई निकै राहात दिइरहेको छ ।
विदेश जाने सपनालाई त्यागेर स्वदेशमै केही गर्ने उद्देश्यका साथ खटिरहेका उनीहरुको क्यान्टिनमा एउटा खानाको ७० रुपैयाँ पर्ने गर्छ तर खाना भने रेष्टुरेन्टको स्तरभन्दा माथिको हुन्छ । उनै उद्यमीहरुमध्ये सिंहबहादुर मोक्तानसँग सुर्यखबर डट् कम्का प्रतिनिधिले कुराकानी गरेका छन् । प्रस्तुत छ मोक्तानसँगको गरिएको कुराकानीको सम्पादित अंश–
–सत्तरी रुपैयाँमा खाना खुवाउँदा फाइदा हुन्छ त ?
हामीले हाई मार्जिन राखेर काम गर्दैनौ । फाइदा हुन्छ । क्यान्टिन चलाउँदा भाडा नतिर्नुपर्ने प्रचलन छ, त्यसले गर्दा पनि हामीलाई सस्तोमा खाना खुवाउन सहज हुन्छ । हामीले फाइदा मात्रै गर्ने गरी भन्दा पनि सेवा गर्ने हिसाबले पनि काम गरेका हौं ।
–सस्तो खानामा सरसफाई लगायतका कुराहरुमा कमजोरी हुन्छ भनिन्छ नि ?
हो, अरु क्यान्टिनहरुमा आफ्नै परिवारका सदस्यहरु बुढाबुढी छोराछोरीले काम गरेर ग्राहकको सेवा गरेका हुन्छन् । जसले गर्दा सरसफाई लगायतका कुराहरुमा उनीहरुले त्यति ध्यान नदिएको देखिन्छ । तर हामीले काठमाण्डौमा चारवटा क्यान्टिनहरु सञ्चालन गरिसकेका छौ, जसमा ४० जनाभन्दा बढी स्टाफहरुलाई राम्रो तलब दिएर राखेका छौ । हाम्रो क्यान्टिन मुलुककै उदाहरणीय बनाउने योजनामा हामी छौ । सरसफाईको विषयमा कसैले शंका गर्नै पर्दैन् । त्यो हाम्रो पहिलो प्राथमिकताको विषय हो ।
– तपाईहरुले खाना मात्र सस्तो होकि अन्यमा पनि त्यस्तै हो ?
होइन, हाम्रोमा सादा खाना कतै ६० रुपैयाँ त कतै ७० रुपैयाँमा खुवाइरहेका छौ । चिकेन ममको समेत प्रतिप्लेट ७० रुपैयाँनै छ । तपाईले बाहिर बुझ्नुभयो भने चिकेन ममलाई १ सय ५० भन्दा तल पाउनु हुन्न् । अब खानाको कुरा गर्नुभयो भने यदाकदा यही मुल्यमा पाइएला तर हाम्रो स्तरको गुणस्तर भएको खाना पाउनुहुन्छ जस्तो मलाई लाग्दैन । फेरि अर्को कुरा के छ भने हामी निकट भविष्यमा राजधानीमा ५ सयभन्दा बढी क्यान्टिनहरु सस्तो मुल्यमा र गुणस्तरीय खाना र खाजा खुवाएर, थोरै मात्रै फाइदा खाएर सेवा गर्ने अभियानमा छौ । हामी चाहान्छौ, ग्राहकहरुको सुझाव र सल्लाह हामीलाई आइरहोस्, जसले गर्दा हाम्रा गल्ती र कमजोरीहरु सुधार्न सकौं । बाहिरको भन्दा हाम्रोमा सबै कुरा सस्तो छ ।
यस्तै गुणस्तरको खाना मोक्तानको क्यान्टिनमा पाइन्छ
–जम्मा लगानीचाहि कति गर्नुभएको छ नि ?
चारवटा क्यान्टिन गरेर करिब ५० लाख लगानी छ ।
–तपाईहरुका क्यान्टिनहरुचाहि कुन–कुन ठाउँमा छन् नि ?
एउटा सिंहदरबारभित्रको अर्थमन्त्रालयमा छ । अरु तीनवटा काठमाण्डौका कलेजहरुमा रहेका छन् । तीमध्ये इन्टरनेश्नल स्कुल अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज, पुल्चोक इन्जिनियरिङ कलेज, मिड भ्याली इन्टरनेश्नल कलेज लगायतमा हाम्रा क्यान्टिन सञ्चालित छन् । निकट भविष्यमानै हामीले केही ठाउँहरुमा क्यान्टिनहरु सञ्चालन गर्ने तयारीमा छौ ।
–अब विदेश नजाने त ?
हाम्रो ६ जनाको समुह कटिबद्ध भएर स्वदेशभित्रै केही गर्ने भनेर लागेको छ । हाम्रो टिममा सन्तोष रञ्जितकार केही दुवई बसेर आउनुभएको हो । अरु साथीहरु विदेश गएका पनि छैनौ र विदेश जाने मोह पनि छैन ।
–तपाईहरुका कोही साथीहरु अमेरिकामा बसेर करोडौं कमाएको देख्दा कहिलेकाही दुःख लाग्दैन ?
किन दुःख लाग्ने ? हामी हाम्रो आफ्नो काममा विश्वास गर्छौ । साथीहरुले वैदेशिक रोजगारमा मात्र होइन, नेपालमै बसेर पनि करोडौं कमाएका उदारणहरु पनि प्रशस्त छन् । यहाँ पैसा पनि कमाउन सकिन्छ र खुसी पनि हुन सकिन्छ । तर विदेशमा पैसा कमाए पनि खै त खुसी ? खै परिवार ? समस्या अमेरिका गए पनि छ, दुबई गए पनि छ । आफु नाच्न नजान्ने आँगन टेढो भनेजस्तै गर्नेलाई जहाँ पनि छ । गर्न नसक्नेका लागि संसारका कुनै पनि कुनामा ठाउँ छैन । हामी आत्मविश्वासका साथ काम गरिरहेका छौ । विश्वास छ एक दिन हामीलाई सफलता मिल्ने छ ।
–प्रसंग बदलौ, तपाई राजनीतिबाट कत्तिको प्रभावित हुनुहुन्छ ?
म पनि यो देशमै बस्ने नागरिक हो, असर त गर्छ नै । तैपनि कुनै पनि पार्टीको झण्डा बोकेर हिडेको छैन । सबै पार्टीलाई उत्तिक्कै सम्मान गर्छु । युवाहरुलाई सरकारले मात्र रोजगार दिने भन्दा आफै आत्मनिर्भर बन्नेतिर लागौं, बरु मुलुक बनाउनेतिर लागौं । वैदेशिक रोजगारमा गएर अलिकति सम्पति जोड्ने र घरपरिवार बर्बाद पार्ने काम बन्द गरौं । सरकार र राजनीतिक क्षेत्रले त्यो खालको वातावरण बनाइदिओस् भन्ने मेरो आग्रह छ ।
–तपाईको अन्तमा भन्नुपर्ने केही छ ?
म एउटा साधारण उद्यमीको नाताले संसारभर रहनुभएका नेपालीहरुलाई यो आग्रह गर्न चाहान्छुकि नकारात्मक सोचभन्दा माथि उठेर स्वदेशमै आएर केही उद्यम गरौं, देशलाई पनि केही दिऔं र आफु पनि केही लिऔं । स्कुल पढ्दैदेखि अभिभावकले बच्चालाई विदेश पठाउने सोच राख्ने, बच्चाले पनि विदेश जाने मनसाय बनाउने, विद्यालयको शिक्षा समेत वैदेशिक रोजगारका लागि अभिप्रेरित गर्ने खालको हुनेलाई सम्बन्धित सबै पक्षले चिन्न जरुरी छ । यस्तै हो भने अहिले गाउँमा युवाहरु पाइदैन । केही समयपछि शहरमा समेत युवाहरु खाली हुनेछन्, त्यसपछि के हुनेछ आफै कल्पना गर्नुहोस् ।
भेट्न मात्र गएकी तर यौनसम्बन्ध भयो !म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो। माया(प्रेम के हो थाहा थिएन। बहक…Read More