म्पत्ती कमाएर ल्याउने सपनामा बिदेसिएका आफन्तको शव बाकसमा घर आइपुग्दा खोटाङको लामीडाँडा गाउँपालिका–३ चिउरीबास गाउँ शोकमा डुबेको छ। सम्पत्ती कमाउने र परिवारलाई सुख शयलकासाथ पाल्ने सपनामा साउदीअरब पुगेका दलबहादुर राई बाकसमा मृत ल्याइपु¥याइँदा सिंगो गाउँ शोकमा डुबेको हो। सुतेकै ठाउँमा साउन २८ गते मृत फेलापरेका राईको शव मंगलबार गाउँमा ल्याएर बाहिङ राई संस्कार अनुशार दाहसंस्कार गरिएको छ। झोलाभरी सम्पत्ती ल्याउने सपना बोकेर विदेसिएका दलबहादुर बाकसमा मृत आइपुग्दा परिवार र आफन्त शोकमा डुवेको स्थानीय खेमराज देउसालीले बताए। दलबहादुरको शव सोमबार राती ८ बजे नेपाल ल्याइएको हो। केही वर्षअघि साउदी पुगेका राई ६ महिनाअघि छुट्टीमा आएर पुःन साउदी फर्किएका थिए। दिउँसो सकुशल ड्यूटीमा गएर साँझ फर्किएपछि सुतेका राई ओछ्यानमै मृत फेला परेको आफन्तको भनाई छ। उनका एक छोरा र एक नावालिका छोरी छन्। दलबहादुरको मृत्यु भएको पाँच दिनपछि छोरी जन्मिएकी हुन्।
रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल अस्पतालचोकका बालकृष्ण बस्नेतको शव बाकसमा ल्याइएको दुई हप्तापछि दलबहादुरको शव पनि बाकसमा घर आइपुगेको हो। संयोगवस बालकृष्णको शव घर ल्याइएकै दिन दलबहादुरको मृत्यु भएको थियो। ग्याँस प्लान्टमा काम गर्नेक्रममा ग्याँसको बिकार डिस्पोज गर्नेक्रममा लिक भएर निस्किएको गन्धको अशरले गत असार ३ गते ज्यान गुमाएका बालकृष्णको शव साउन २८ गते घर ल्याइएको थियो। मृतक बस्नेतका ८४ वर्षका आमा रुजुमायाँ बस्नेत, श्रीमती र एक छोरा छन्।
दुई सय तीन म्यादीले राजीनामा दिए२९ जेठ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीनामा दिएका छन् ।सरकारले चैत अन्तिम साता नियुक्ति …Read More
गोजुरियोमा नेपाल च्याम्पियन नेपाल पाँचौं इन्डो–नेपाल गोजुरियो कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । नेपाल गोजुरियो कराते डो संघ, दक्षिण ढोका डोजोद्वारा आयोजित प्रतियोगिता…Read More
भोलि देखि लगातार ४ दिन बन्दठमाण्डौ,२८ जेष्ठ | सकार सँगको वार्ता असफल भएपछि राष्ट्रिय जनता पार्टीका नेताहरु आन्दोलन घोषणाको तयारीमा जुटेका छन् । आइतबार दिउसो ४ बजे उनीहरुले आफ्ना…Read More