गएरातिदेखि परेको अविरल वर्षाले मुग्लिङ-नारायणगढ सडक खण्ड अवरूद्ध भएको छ। इच्छाकामना गाउँपालिका– ६ चोरखोला नजिकै चारकिलोमा वर्षाले सडक बगाएपछि यातायात अवरूद्ध भएको मुग्निङ प्रहरीले जनाएको छ।
चारकिलोमा त्रिशूली किनारतर्फको आधा सडक बगाएपछि सवारीसाधन रोकिएका छन्। सडकको करिब ५० मिटर भाग खोलामा बगेको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।
मुग्लिन–नारायणगढ सडकखण्डको सेती दोभान, भोर्लेपुल, १७ किलो, चारकिला, कालीखोला लगायत १० भन्दा धेरै ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ ।
पहिरोले गर्दा जुगेडीबाट मुग्लिनतर्फ गाडी पास गराइएको छैन भने काठमाडौंबाट जाने गाडी पनि मुग्लिनमा नै रोकिएको छ । पहिरोले गर्दा रातको समयमा रोकिएका गाडी पनि चल्न सकेको छैन ।
एकतर्फी सडक सञ्चालन गर्न पनि कम्तिमा ७ मिटर चौडा आवश्यक पर्ने भएकाले आधा सडक बगेपछि एकतर्फी सवारी चलाउन पनि समस्या भएको छ।
रातभर परेको पानी अझै नरोकिएकाले सडक खुल्नेबारे समस्या उत्पन्न भएको छ।
बम समातेर फाल्ने प्रहरी पुरस्कृत१९, २०७४- स्थानीय तह निर्वाचनका बेला दाङको मतदान केन्द्रमा सुरक्षाकर्मीतिर हानिएको बम टिपेर फाल्ने प्रहरी दुर्गाबहादुर रानालाई बिहीबार पुरस्कृत गरिएको…Read More
सिलवालको मुद्दा हेर्दाहेर्दैमा, १९ साउन । प्रहरी महानिरीक्षक नियुक्तिको बिषयमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिटमाथिको सुनुवाइ आज नसकिएपछि सर्वोच्च अदालत…Read More