नेकपा (माओवादी केन्द्र)ले प्रदेश नम्बर १ को मुख्यमन्त्री प्रदेश १ का इन्चार्ज गोपाल किरातीलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश सचिवालय बैठकले माओवादी केन्द्रका प्रदेश इञ्चार्ज किरातीलाई राज्यको मुख्यमन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको हो । पार्टीका प्रदेश संयोजक सावित्री काफ्लेले भने,‘पार्टीले प्रदेशको निर्वाचनलाई लक्षित गरी अब आफ्ना गतिविधि अघि बढाउने छ । यसअन्तर्गत पार्टी संगठन सुदृढीकरणमा विशेष जोड दिइने छ ।’ माओवादीले प्रदेश १ को राजधानी विराटनगरको साटो नयाँ सहरलाई प्राथमिकता दिनुपर्ने प्रस्ताव अघि सारेको छ । एमाले र कांग्रेस भने विराटनगर राजधानी हुनुपर्नेमा एकमत छन् । पार्टीको एक नम्बर प्रदेश सचिवालयको विराटनगरमा सम्पन्न बैठकमा सहभागी अधिकांश नेताले नयाँ सहरलाई विकासको बाटोमा अघि बढाउन पनि राजधानी बनाइनु पर्नेमा जोड दिएका हुन् । बैठकमा सहभागी विराटनगरका नेताले पनि पहिल्यै भौतिक पूर्वाधार तथा अरु हिसाबले सवल मानिएको विराटनगर नै उपयुक्त हुने आफ्नो अभिमत प्रकट गरेका थिए । सचिवालयको मंगलबार अबेर सम्पन्न बैठकमा यसबारे बहस भएको हो । केन्द्रीय अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेको प्रदेश स्तरीय प्रशिक्षणपछि सचिवालयको बैठक बसेको हो । ‘तर, यो विषयमा अझ छलफल हुन बाँकी छ’, बैठकमा सहभागी एक नेताले भने,‘इटहरी, बराहक्षेत्र अथवा धनकुटामध्ये कुनै एक ठाउँलाई राजधानीको रुपमा विकास गर्न घनीभूत रुपमा बहस भएको छ ।’ पार्टीको केन्द्रीय सचिवालयको बैठकपछि थप उपसमिति निर्माण हुने र निर्वाचनमा होमिने उनले बताए । केन्द्रको बैठक भदौ १६ र १७ गते बस्दैछ । प्रदेश १ को नाम राख्ने विषयमा पार्टीका नेताले कोचिला, लिम्बुवान र किरातको भाव झल्कने किसिमबाट तय हुनुपर्ने विषयमा पनि छलफल भएको छ । प्रदेशको प्रारम्भिक मौस्यौदामा ५० हजार संख्या रहेको प्रदेश प्रहरी गठन गर्ने, २० वर्षसम्म व्यवसायीक कृषि व्यवसाय गरेका किसानलाई मासिक ५ हजार रुपैयाँ पेन्सन दिने, सुनसरी र उदयपुरबीचको कोशी फाँटमा ऐतिहासिक पर्यटकीय शहर (नेपाली हङ्कङ शहर) निर्माण गर्ने, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङका चीनसँग जोड्ने नाका खुल्ला गर्ने, भारतसँग जोड्ने पशुपतिनगर, काँकडभिट्टा, विराटनगरलगायतका नाकालाई व्यवस्थित गर्ने पनि माओवादीको घोषणा पत्रमा उल्लेख छ । अरुण र तमोर नदीबाट ५ सय मेगाबाट क्षमताको जलविद्युत् निर्माण गर्ने पनि पार्टीले आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छ । बैठकमा प्रदेश इञ्चार्ज किरातीले ‘राष्ट्रिय एकता र समाजवादको लक्ष्य पुरा गरौं, १ नम्बर प्रदेशमा माओवादीलाई विजयी गराऔं’ भन्ने नाराका साथ घोषण पत्र प्रस्ताव गरेका थिए । त्यसमा आवश्यक सुझाव र संशोधनसहित पारित गरिएको थियो ।
पैसा हात पर्ने शास्त्रीय संकेतशास्त्रमा शुभ र अशुभ संकेतहरुको चर्चा गरिएको छ । विभिन्न संकेतबाट शुभ हँदैछ कि अशुभ भन्ने थाहा पाउन सकिन्छ । यस्ता संकेतले भविष्यमा हुने घटनाले तपाइँल…Read More