नेपाल विद्धार्थी संघद्वारा भ्रष्टाचारीलाई चुनाव लड्न दिने नियोजित षडयन्त्रको विरुद्धमा दवाव र्यालि सम्पन्न(फोटो सहित)

भिडियो सहित हेर्नुहोस !
Advertisement


नेपाल विद्धाथी संघका प्रभाबशाली युवा नेता बिपिन अधिकारिको नेतृत्वमा आज काठमाडौको ल क्याम्पसबाट भ्रष्टाचारको विरुद्धमा दवाव र्यालि सम्पन्न भएको छ।

हजारौको सङ्ख्यामा रहेका नेपाल विद्धार्थी संघका कार्यकर्ताले भ्रष्टाचारीलाइ कुनै पनि हालतमा चुनव लडेर जनप्रतिनिधि बनाइने कपोकल्पित निति नबनाउन पार्टि नेतृत्व तथा सरकारको ध्यानाकर्षण गरेका थिए। दवाव र्यालि सम्बोधन गर्दै युवा नेता बिपिन अधिकारीले भनेका छन” नेपाली कांग्रेसले अहिले जुन तरिकाले भ्रष्टाचारीले चुनाव लड्न पाउनुपर्छ भन्ने माग राखिराखेका छन, त्यसलाइ विरोध नगरि समर्थन गर्ने जस्तो हिसावले जुन लविगं गरिरहेको छ, त्यसको हामि घोर भत्सर्न गर्छौ। नेपाल विद्धार्थी्सँघ जहिले पनि सुशासन र तटस्थता तथा स्वच्छ समाज निर्माण गर्ने अभियानमा लागेको हुनाले पार्टिले जस्तो निर्णय गर्छ त्यसलाइ मान्दैन।

हरेक समयमा परिवर्तन र सभ्य तथा सुशासन योग्य समाज निर्माणको अभियानमा लागेको नेविसंघ कुनै बेला पार्टि नेतृत्वको गलत कदम विरुद्ध दुस्मन जस्तो भएर भएपनि अगाडि बढ्छ। चेतावनि दिदै गर्जेका बिपिनले भने” समय छ पार्टि सच्चियोस र गलत सस्कारको हिस्सेदार नवनोस।


Related Posts: