पोखरा : सरकारले प्रादेशिक संरचनाअनुसार प्रदेश नं ४ को प्रहरी प्रमुखमा एआईजी कमलसिंह बमलाई खटाएको छ । नले बुधबार पोखरामा पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयमा पदभार ग्रहण गरेका छन्। यसअघि उनी डीआइजी हुँदा पश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुखका रुपमा पोखरा थिए । त्यतिखेर उनले क्षेत्रका १६ जिल्लाको कमान्ड सम्हालेका थिए । अब एआईजीका रुपमा आउँदा भने उनको कार्यक्षेत्रमा प्रदेश नं ४ का १० जिल्ला मात्रै छन् । गृह मन्त्रालयले साउन ३२ गते गरेको निर्णय अनुसार एआईजी बम प्रदेश कार्यालय पोखराका लागि खटिएका हुन् । पदभार ग्रहणपछि उनले जनमुखी र व्यावसायिक भएर सेवामा खटिन मातहतका प्रहरीलाई निर्देशन दिए ।