भाद्र १४, २०७४- थापाथलीस्थित नर्भिक अस्पतालमा डाक्टरको लापरबाहीले दैलेखकी १६ महिने शिशुको ज्यान गएको भन्दै आफन्तले विरोध गरेका छन् । बच्चाको मृत्यु भएसँगै आफन्तहरूले मंगलबार दिउँसोदेखि विरोध र तोडफोड गर्न थालेपछि अस्पताल परिसर तनावग्रस्त बनेको थियो । तोडफोडले अस्पतालका झ्याल–ढोका र केही थान कम्प्युटर फुटेको अस्पतालले जनाएको छ । प्रहरीले अस्पतालमा पहरा दिएको छ । सामान्य ज्वरो आएर मंगलबार बिहान भर्ना भएकी बालिका भिक्टोरिया आचार्यलाई दिउँसो अस्पतालले एकाएक मृत घोषणा गरेको मृतकका बाबु चिकित्सक डा. रमेश आचार्यले बताए । बालिकाको मृत्युसँगै आमा चन्द्रा चपाईंको अवस्था गम्भीर छ । ‘डाक्टरको टिमले बच्चाको फोक्सोमा आवश्यकताभन्दा मोटो पाइप घुसारिदिएछन्, धेरै रगत बगिरहेको थियो,’ बुवा रमेशले भने, ‘रगत नरोकिएपछि हामीले कान्ति बाल अस्पताल लान्छौं भन्दा दिएनन्, पछि मृत्यु भएको बताए ।’ बच्चा लिन कान्तिबाट एम्बुलेन्स आइसक्दा पनि डाक्टरको टिमले जबर्जस्ती गरेर लैजान नदिएको आचार्यले बताए । बच्चाको मृत्युबारे अस्पतालले स्पष्ट कारण नदिएको परिवारले बताएको छ । बच्चाको उपचारमा संलग्न डाक्टर विनीता जोशी र रितु लामिछाने घटनापछि आफूहरूको सम्पर्कमा नआएको पीडित परिवारको दाबी छ । बच्चाको मृत्युबारे अस्पतालले चित्तबुझ्दो जवाफ नदिएसम्म आन्दोलन नरोकिने परिवार र आफन्तले जनाएका छन् । सरकारले अस्पताललाई कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ । ‘नत्र हामी सडक आन्दोलन थाल्छौं,’ बच्चाका हजुरबुवा भूपेन्द्र चपाईंले भने । यसबारेमा प्रतिक्रिया लिन खोज्दा नर्भिक अस्पताल प्रशासनले कुनै जवाफ दिन चाहेन
माछापालनबाट वार्षिक ३० लाख आम्दानी माछापालनबाट वार्षिक रु ३० लाख आम्दानी गर्न सफल भएका बौएलाल मुखिया अहिले फिस किङ अर्थात् ‘माछाको राजा’ भनेर चिनिन थालेका छन् ।कुनै बेला चरम गरिबीमा बा…Read More