नाम हंसराज तर उनको अवस्था देख्नेहरुलाइ उनको नाम किन हंसराज राखिदिएको होला भनेर सोच्न बाध्य बनाउँछ। मान्छे भएर बाँच्न पाउने सामान्य अधिकार पनि उनले पाएका छैनन्। उपचार त के उनले दैनिक पेटभर खान समेत पाउने गरेका छैनन् रौतहटको साबिस पिप्रापोखरीया ८ स्थित मुसहर टोलका हंशराज माझी मुसहर जीवनमा सायदै हाँस्न पाएका होलान्। ८४ बर्षीय हंसराज १० बर्ष देखि पक्षघातका कारण हिडडुल गर्न सक्दैनन्।उपचार खर्च अभावमा उनी बर्षौ देखि थलिएका छन्।कमाउने कोही नहुदा ७० बर्षिया श्रीमती सितादेवीले गाउघरमा मागेर खुवाउने गरेकी छिन। बोली प्रष्ट भएपनि बर्षौदेखि हातखुट्टा चलेका छैनन। छोराछोरी कोही नभएकाले उनलाई पालनपोषण गर्ने कोही छैन।सो टोलमा ५७ घर मुसहरहरु बसोवास गर्दै आएका छन्। बृद्ध दम्पतीहरु लाइ कहिले काही छरछिमेकले पाकेको खानेकुरा दिने गरेका छन्। सन्तान नभएका बृद्ध दम्पतीको जीवन कष्टकर रहेको राष्टिय मुसहर उत्थान समाजका उपाध्यक्ष नथुनी माझी मुसहरले बताएका छन्।गुजराखोलाको किनारमा सानो झुपडीमा बर्षौदेखि कष्ट सग बस्दै आएका हंसराजलाइ गाउघुम्ने रहर छ तर खुट्टा चल्दैनन्।बस्तीमा नया मानिस देख्ने बितिकै उनी ह्वीलचियर ल्याइदिन आग्रह गर्दछन्।