गोर्खाल्याण्डमा सहमति हुन नसकेपछि मूख्यमन्त्री बेनर्जीसँगको वार्ता निश्कर्षविहीन

भिडियो सहित हेर्नुहोस !
Advertisement
भाद्र १३, २०७४ गोर्खाल्याण्डको माग गर्दै भारतको दार्जिलिङका आन्दोलनरत पक्ष र मुख्यमन्त्री ममता वेनर्जीबीच आज भएको वार्ता निष्कर्शविहिन भएको छ । दार्जिलिङमा प्रदर्शनरत तीन वटा दल र मुख्यमन्त्री वेनर्जी सहित कोलकातामा भएको वार्तामा गोर्खाल्याण्डको मागबारे सहमति नजुटेपछि निष्कर्षविहिन भएको हो । आनदोलनरत दलले गोर्खाल्याण्ड वाहेक अन्य विषयमा प्रवेश नगर्ने अडान र मुख्यमन्त्री वेनर्जीको गोर्खाल्याण्ड मागबारे वेवास्ताका कारण वार्ता निष्कर्शमा पुग्न नसकेको बताइएको छ । अर्को बार्ता सेप्टेम्वर १२ मा सिलिगुडीमा हुने भएको छ । वार्तामा आन्दोलनरत दलहरुले दार्जिलिङको राजनैतिक समस्याको स्थायी समाधानको माग राखेका थिए । मोर्चाले चार पृष्ठको ज्ञापनपत्र समेत बुझाएको थियो । ज्ञापनपत्रमा विमल गुरुङसहित नेताहरूमाथि लगाइएका मुद्दा फिर्ता, आन्दोलनका क्रममा मारिएकाहरुलाई सहिद घोषणासहित उचित क्षतिपूर्ति, घाइतेका परिवारलाई क्षतिपूर्ति, इन्टरनेट सेवा सुचारु लगायतका माग छन् । वेनर्जीले आह्वान गरेका वार्तामा गोर्खा जनमुक्ति मोर्चा, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा  र जन आन्दोलन पार्टीसहित वेनर्जीका दल हिल त्रिणमुलका नेपालीभाषी नेताहरु सहभागी थिए ।

Related Posts: