भाद्र १३, २०७४- पाथीभरा बहुमुखी क्याम्पसले बीए प्रथम वर्षको सोसियोलोजीमा पुरानो पढाएर नयाँ कोर्समा परीक्षा लेख्न लगाएको छ । सोमबारको परीक्षामा पहिला पुरानो कोर्सको प्रश्नपत्र दिए पनि १० मिनेटपछि फेरि त्यो होइनरहेछ भन्दै नयाँको लेख्न लगाएको भन्दै विद्यार्थी आक्रोशित बनेका छन् । प्राध्यापकले पनि पुरानै कोर्स पढाइरहेका थिए । ‘सरले पढाएअनुसारको तयारीमा थियौं । पछि यो होइन रहेछ भन्दै नयाँ कोर्सको फरक प्रश्नपत्र दिइयो, त्यसमा पढाइअनुसारको केही पनि मिल्दैन थियो,’ शान्तिइजम लिम्बूले भनिन्, ‘राम्ररी पास गर्ने विषयमा प्रश्न नबुझेर लेख्नै सकिएन ।’ पढाउने शिक्षकले पनि कोर्सका विषयमा जानकार नहुनु लज्जास्पद भएको उनले बताइन् । परीक्षा लेख्दैनौं भन्दा पनि सरहरूले लेख्नुपर्छ तिमीहरूको यही हो भनेपछि लेख्न बाध्य भएको विद्यार्थीहरूको दाबी छ । क्याम्पस प्रमुख मोहनकुमार राई केही प्रश्नपत्र नमिलेको बताउँछन् । ‘पूरै त होइन केही कोर्स चेन्ज भएको रहेछ,’ राईले भने, ‘पहिला डिन कार्यालयले कोर्स चेन्ज भएको जानकारी गराउँथ्यो, अहिले त्यस्तो जानकारी नगराएकाले विषय प्राध्यापकलाई पनि पत्तो भएन ।’ यहाँका विद्यार्थीको कोर्ड ४०१ भएको र ३११ अनुसार परीक्षा लेखाउँदा एप्सेन्ट आउने भएकाले आफ्नो कोर्डअनुसारको परीक्षा लेखाउँदा केही फरक परेको उनले बताए । ३३ विद्यार्थीले फरक कोर्सअनुसारको परीक्षा लेखेको गुनासो गरेका छन् ।
नाभी हेरेर थाहा हुन्छ महिलाको स्वभावमहिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको । समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट समे…Read More
पेटको बोसो घटाउने ९ घरेलु उपायपेटको बोसो घटाउने ९ घरेलु उपाय१. कागती पानीबाट गर्नुहोस् दिनको सुरुवात दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न …Read More