विन्डहोइक, (नामिबिया) २५ असोज । नामिबियाको शिक्षा मन्त्रालयले विद्यालयमा बढ्ने बालिकाका लागि बुधबारदेखि निःशुल्क ‘सैनिटरी प्याड’ बाड्न थालेको छ ।
रजस्वलाको बखतमा बालिकाहरू विद्यालयमा उपस्थित नहुने क्रम बढीरहेकाले त्यसलाई कम गर्नका लागि भन्दै यस्तो परियोजना शुरु गरिएको सरकारी अधिकारीहरूले बताएका छन् ।
अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर शिक्षामन्त्री कत्रिना हन्स हिमार्वाले परियोजनाको शुभारम्भ गर्नुभएको थियो ।
शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले न्यून आय भएका परिवारका झण्डै पाँच हजार बालिकालाई हरेक महिना यस परियोजनाबाट लाभ उठाउने बताउनु भएको छ ।
मन्त्री हिमार्वाले निःशुल्क प्याड उपलब्ध गराउँदा ३० देखि ५० प्रतिशत छात्रा विद्यालयमा आइरहने सम्भावना रहने एक अध्ययनले देखाएको पनि जानकारी दिनुभयो ।
शिक्षा मन्त्रालयको तथ्यांक अनुसार सन् २०११÷०१२ मा २२ हजार बालबालिकाले विद्यालयस्तरको पढाई बीचैमा छाडेका थिए ।
उनीहरूमध्ये ठूलो संख्यामा ग्रामीण क्षेत्रका बालिका रहेका छन् । बालिकाहरूले विद्यालय छोड्नुको पछाडि विद्यालयदेखि घरसम्मको दूरी टाढा हुनु, बिरामी भइरहनु, गर्भवती हुनु र असक्त हुनुलगायत मुख्य कारण रहेका छन् । (रासस÷सिन्ह्वा)
आर्सनलको सानदार कार्तिक ६, २०७४-इङलिस प्रिमियर लिगअन्तर्गत आइतबारको खेलमा आर्सनलले एभरटनलाई ५–२ ले पराजित गर्यो । घरेलु टोली एभरटनले वायन रोनीको गोलमा १२ औं मिनेटमा …Read More
सन्दीप र आरिफ ‘ए’ समूहमा कार्तिक ६, २०७४-युवा स्पिनर सन्दीप लामिछाने र अलराउन्डर आरिफ शेखलाई अन्तत: एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटका लागि ‘ए’ समूहमा राखिएको छ । डिसेम्बर…Read More