उदयपुरमा जीप दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्‍यो (अपडेट)

भिडियो सहित हेर्नुहोस !
Advertisement
गाईघाट: उदयपुरको पश्चिमी क्षेत्र कटारीबाट ओखलढुंगातर्फ यात्रु लिएर जाँदै गरेको टाटासुमो जीप सोमबार दिउँसो दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा २ जना गम्भीर घाईते भएका छन्। सिद्धीचरण लोकमार्ग अन्तर्गत कटारी-वेतेनी-घुर्मी सडकखण्डको कटारी नगरपालिका ११ लेखानी ठाडीँमा ना.१.ज. ३४०४ नम्बरको जीप दिउँसो करीब १:३० बजेको समयमा दुर्घटना भएको हो। दुर्घटनामा ७ जना पुरुष र १ महिलाको मृत्यु भएपनि सनाखत हुन सकेको छैन्।
दुर्घटनामा गम्भिर घाईते भएका चालक कटारी नगरपालिका २ का २८ बर्षीय हरी कार्की र एक जना नामवतन नखुलेकी महिलालाई स्थानीयले उद्धार गरी कटारी अस्पतालमा पठाएको हिमाली यातायाता व्यवसायी संघका उपमहासचिब शत्रुधन कार्कीले जानकारी दिए।चालकसहित ११ जना सवारत रहेको उक्त जीपमा ८ वर्षीय १ बालकलाई स्थानीयले सकुशल उद्धार गरिएको छ।

Related Posts: