काठमाडौंलाई सुर्तीरहित बनाउन अमेरिकी नागरिकबाट करोड प्रदान

भिडियो सहित हेर्नुहोस !
Advertisement

काठमाडौं, १४ कात्तिक– काठमाडौं महानगरपालिकालाई सुर्ती रहित नगर बनाउन जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंलाई अमेरिकी नागरिकबाट १ करोड नेपाली रुपैंया सहयोग प्राप्त भएको छ ।

अमेरिकाकी नागरिक तथा नसर्ने रोगका सद्भावना दुत माइकल बुम्वरले नेपाललाई एक करोड नेपाली रुपैयाँ सहयोग गरेको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘यसको लागि अमेरीकी नागरीकले १ करोड रुपैयाँ सहयोग गर्नुभएको छ । काठमाडौं महानगरपालिकालाई सूर्ती रहित सहर बनाउन हामी योगनाहरु बनाउँदै छौं । अन्तराष्ट्रिय स्तरबाट आएको सहयोग परिचालनको लागि काठमाडौंमहानगरमा प्रस्ताव पेश गरिएको छ ।’

जिल्ला जनस्वास्थ्य कार्यलयलले काठमाडौं महानगरपालिका संगको सहकार्यमा काठमाडौंलाई सूर्तीजन्य पदार्थको प्रयोगलाई शुन्य बनाउन छिटै विभिन्न कार्यक्रम गरी अभियान सुरु गर्ने उनको भनाइ छ ।

सार्वजनिक स्थलमा चुरोट तथा सूर्तीजन्य पदार्थको सेवन गर्ने ८३ प्रतिशत मानिस रहेको र उनीहरुका कारण अन्य व्यक्तिलाई समेत असर गरेको भन्दै यसको नियन्त्रणमा ढिलाई भएको स्वीकार्नु भयो ।

‘सूर्तीजन्य पदार्थको विक्री वितरण र सेवनमा सरकारले कडा कानून बनाएको छ त्यसलाई हामीले प्रभावकारी ढंगबाट कार्यन्वयन गर्न सकेका छैनांै । अब हामी नयाँ योजनाहरु बनाएर यसको नियन्त्रणमा लाग्ने तयारीमा छौं,’ श्रेष्ठले भने, ‘हुन त यो काम निकै चुनौतिपूर्ण छ, तर अबका नयाँ पुस्तालाई सूर्तीजन्य पदार्थको सेवनबाट मुक्त गराउन यसको विक्रीवितरण र निषेधित क्षेत्रमा हुने सेवनलाई कडाई गर्नेछौ ।’

महानगरको सहकार्यमा योजनाहरु बनाएर छिटै पत्रकार सम्मेलन मार्फत सूर्तीजन्य पदार्थ नियन्त्रणका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरिने पनि उनले जानकारी दिए ।

Related Posts: