चलचित्र छक्का पन्जा २ रिलिजको क्रममा रहेको छ । सिनेमाको पहिलो गीत “एदाजु” पनि यूटूबमा हिट छ । सिनेमा छक्का पन्जा असोज १

भिडियो सहित हेर्नुहोस !
Advertisement
चलचित्र छक्का पन्जा २ रिलिजको क्रममा रहेको छ । सिनेमाको पहिलो गीत “एदाजु” पनि यूटूबमा हिट छ । सिनेमा छक्का पन्जा असोज ११ गते रिलिज हुदैँ छ । स्वस्तिमाका बारेमा हामीले गरेको कुराकानीमा आधारीत सामग्री ।

गणितमा कमजोर मेरो जन्म धनकुटा भएपनि म हुर्केको काठमाडौँमा हो । मेरो जन्म २०५२ सालमा भएको हो । म त्यही दुई वर्षको हुदाँ यहाँ आएको हो । अहिले म २२ वर्षको भए । मेरो परिवारमा बाबा, ममी, दाई र भाई थियौ भने विवाह पछि घरमा निश्चल, निश्चलको बहिनी, आमा र बुबा छौ । मेरो बुबा आर्मी हो । बाबाको सिफ्टिङ्ग भईरह्न्थ्यो ।

बाबाको सिफ्टिङ्ग धनकुटामा भएको बेलामा म त्यही जन्मिए । मैले स्कुल २ वर्ष हुदाँ शुरु गरेको हो । शुरुमा शान्तिनगरको न्यू दिर्घायू बोर्डिङ्ग स्कुलमा नर्सरी देखि कक्षा एक सम्म पढे । त्यसपछि दुई र तीन प्रिन्सटनमा पढेपछि लगातार सैनिक स्कुलमा पढाई पुरा गरेँ । एसएलसी मैले २०६७ मा दिएको हो । पढाईमा म ठिकै थिए । अग्रेजी, नेपाली, विज्ञान विषयमा राम्रो थियो । गणितमा एकदमै कमजोर थिए ।

गणितमा कमजोर र चित्र बनाउन मन लाग्ने भएकोले मैले आर्किटेक्ट शुरु गरेँ । म बोर्डमा फेल नभए पनि त्रैमासिक परिक्षामा धेरै पटक फेल भए । गणितमा पाँच छ बटा सेक्सन मध्यमा कम मेरो नै आउँथ्यो । तर, म बोर्डमा पास हुन्थेँ ।

गणित अहिले पनि सक्दिन । पढाईमा बुबा ममी पहिल्यै बाट कडा हो । एकदमै कडाइ गर्नुहुन्थ्यो । गणितमा राम्रो भई दिए हुन्थ्यो भन्नु हुन्थ्यो । तर, म निकै कमजोर थिए ।पढाईलाई निकै प्राथमिकता दिनु हुन्थ्यो ।

फेल भएर पिटाई खाएको पनि छु । बाबा निकै कडा हुनुहुन्थ्यो । मेरो रिजल्ट लिन स्कुल आउनु भएको थियो एक पटक । त्यो बेलामा साथीहरुको अगाडी पिटाई खाएको याद छ मलाई । त्यो बेलामा म कक्षा–५ मा थिए । सायद म दुई वटा विषयमा फेल भाथेँ ।

किशोर अवस्था मलाई सबैले अहिले पनि बच्चा जस्तो छौ भन्नुहुन्छ । मेरो शारिरीक विकास अलि ढिला भएको हो जस्तो मलाई लाग्छ । साथीहरु किशोरअवस्थामा पाको देखिन्थेँ भने म अलि बच्चै देखिन्थेँ । आफूमा किशोर अवस्था कक्षा ८ पढ्दा बाट शुरु भएको हो जस्तो मलाई महसुस हुन्छ ।

त्यो बेलामा मलाई छोटो स्कर्ट लगाउन मन लाग्थ्यो । म स्कुल देखि नै एक दमै बदमास विद्यार्थी हो । सैनिक स्कुलमा पढेको भएर स्कुल निकै कडा थियो । स्कुलमा जस्तो कुरामा पनि म फसी हाल्थेँ । धेरै केटाहरुको सङ्गत नै थिएन । केटीहरुको ग्रुपमा धेरै रमाउँथे । ग्रुपमा भएको बेलामा गाली र कुटाई खानेमा म जहिल्यै पर्र्थे ।

हाम्रो स्कुलमा केटाहरुले होस्टेल बस्नै पथ्र्यो । केटीहरु भने आफ्नो घर फर्किन पाउँथ्यो । कक्षा १०मा जसरी पनि होस्टेल बस्नै पथ्र्यो । होस्टेलमा साथीहरु मोबाईल लैजान्थे तर फस्ने बेलामा भने म फस्थेँ । कक्षामा पनि अरुले हल्ला गथ्र्यो फस्ने बेलामा मै फस्थेँ । म हेर्दा पनि अलिकती बदमास भएर पनि होला यस्तो यस्तो कुरामा फस्थेँ ।

विद्यालय छिर्न बितिक्कै मलाई एक जना टिचरले पानीमा भिज्यो भनेर नै एक घण्टा उठबस गर्न लगाउँनु भयो । त्यसपछि भोली पल्ट म टोईलेट पनि बस्न सकेको थिईन । मलाई घरमा पनि सबैले स्कुलमा गाली गर्नुभएको थियो ।

अहिले यो सबै सम्झिदा रमाईलो लाग्छ । कक्षा १०को शुरुको परिक्षा मै मेरो १०० मा ११ आएको थियो ९लामो हासोँ० त्यसपछि म आफैलाई एकदमै लाज लाग्यो । गणित पढाउने सर एकदमै सिरियस हुनुहुन्छ जस्तो मलाई लाग्छ ।

तर, म हावा भएकोले मलाई कसैले रुचाउनु हुन्न थियो । हावा र कमेडी टिचरहरुले भने आफ्नो छोरी झै माया गर्नु हुन्थ्यो । पहिलो त्रैमासिकमा ११ आयो भने दोस्रो परिक्षामा मेरो ४२ आएको थियो ।

सेन्टपमा पनि पास भए अनि एस।एल।सी।मा भने ८० प्रतिशत भन्दा बढी आएर पास भए । मेरो परिवारले यती आउँछ भनेर सोच्नु पनि भएको थिएन । त्यही भएर पनि म खुशी भएको हो ।

Related Posts: