भैरहवा कारगारले कैदि चामल बेचेको खुलासा भएको छ । भैरहवाका एक स्थानीय व्यापारीले आफुले कैदि बन्दीका लागी ल्याएको चामल किनेको बताएपछि यस्तो खुलासा भएको हो ।
बुधबार दिउँसो बन्दीका लागी ल्याएको झण्डै २ सय बोरा चामल पसलेलाई बेचेको खबर पाएपछि प्रहरी उक्त चामल बरामद गरेको छ ।
बरामद भएको चामल भैरहवा कारागारले आफुलाई बेचेको स्थानीय व्यपारीले बताएका छन । उनका अनुसार खाद्य संस्थानबाट कैदीबन्दीको लागि सहुलियत दरमा आएको चामल ट्याक्टरमा लोड गरेर कारगार प्रमुखले नै आफुकहाँ पठाउने गरेको खुलासा गरे ।
स्थानीय प्रशासनले कैदीबन्दीका लागि आएको चामल बजारमा विक्री भएको अवस्थामा बरामद भएको पुष्टि गरिसकेपनि कारागारले भने चामल आफुले विक्री नगरेको जिकिर गरेका छन ।
युरोपका उत्कृष्ट खेलाडी आज घोषणा हुनेभाद्र ८, २०७४- युईएफएले २०१६/१७ सिजनको उत्कृष्ट खेलाडीको नाम आज घोषणा गर्दैछ । दश दिन अघि उपाधि होडमा रहेका शीर्ष ३ खेलाडीको नाम सार्वजनिक गरिएको थियो…Read More