आजकै दिन यसरी गरिएको थियो भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या

भिडियो सहित हेर्नुहोस !
Advertisement
१४ कार्तिक– आज अक्टोर ३१ । सन् १९८४ मा आजकै दिन तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको गोली हानी हत्या गरिएको थियो ।

सुरक्षामा खटिएका दुईजना अङ्गरक्षकले नै गोली हानेर इन्दिराको हत्या गरेका थिए । इन्दिराको गोली हानी हत्या गरिएपछि वंश निरन्तराजस्तै उनका छोरा राजिव गान्धीलाई प्रधानमन्त्री बनाइएको थियो ।

३१ अक्टोर १९८४ विहान करिब ९ बजे गान्धी दिल्लीको सफदरजंग रोडस्थित आफ्नो निवासबाट बाहिर निस्किइन् । उनलाई त्यतिबेला अकबर रोड जानु थियो । जहाँ उनको कार्यालय थियो । त्यतिबेला उनलाई चर्चित अभिनेता तथा लेखक पीटर उस्तिनोवसँग कुराकानी पनि गर्नु थियो । उक्त कुराकानी एक विदेशी टेलिभिजनका लागि थियो ।

उनको निवास र कार्यालयबीचको दूरी कमै नै थियो । र भेटवार्ता पनि अनौपचारिक थियो । त्यसैले उनले त्यतिबेला महत्वपूर्ण मानिने सुरक्षा साधनको उपयोग गरिनन् । उनीसँग आर.के.धवन, कन्स्टेबल नारायण सिंह, सब–इन्सपेक्टर रामेश्वरदास तथा सहयोगी नाथूराम थिए ।

केही समयमै उनी अकबर रोड पुगिन् । जसको दुईटै तर्फमा झाडी उम्रिएको थियो । गेटमा उभिएका सब–इन्स्पेक्टर बेअन्त सिंहले उनलाई अभिवादन गरे र ढोका खोले ।

प्रधानमन्त्री गान्धी ढोकाबाट भित्र छिर्न मात्रै लागेकी थिइन् बेअन्तले आफ्नो पेस्तोल निकालेर एक मिटरभन्दा पनि कम दुरीबाट गोली बर्साउन थाले । ९ बजेर १६ मिनेट हुँदा इन्दिरा जमिनमा ढलिसकेकी थिइन् ।
इन्दिरा गान्धीको हत्या भएको खबर सार्वजनिक भएसँगै धेरै ठाउँमा हिंसा भड्किएको थियो । हत्यारा दुवै जना शिख समुदायका भएकाले राजधानी दिल्लीलगायत धेरै ठाउँमा शिखमाथि आक्रमण हुन थाल्यो ।

इन्दिरा गान्धीको हत्या भएको समाचार सबैभन्दा पहिले बीबीसीले प्रसारण गरेको थियो । बीबीसी हिन्दी रेडियोमा पहिलोपटक ‘भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीमाथि सांघातिक आक्रमण’ भनेर खबर प्रसारण गरिएको थियो ।

गान्धीको हत्यामा संलग्न भएका भनिएका व्यक्तिलाई फासीको सजाय सुनाएको थियो ।

इन्दिरा गणतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूकी छोरी हुन् । इन्दिरा १४ जनवरी १९८० मा गणतन्त्र भारतको तेस्रो तथा पहिलो महिला प्रधानमन्त्रीमा निर्वाचित भएकी थिइन् ।




त्यसपछि सुरक्षामा तैनाथ अर्का अङ्गरक्षक सतवन्त सिंह (जो सेनाबाट थिए)ले जमिनमा ढलिसकेकी इन्दिराको शरीरमा लगातार गोली बर्साउन थाले । पहिले नै जमिनमा ढलिसकेकी इन्दिरालाई सतवन्तले करिब २३ राउण्ड गोली प्रहार गरे ।

त्यसपछि दुवैजनाले हतियार जमिनमा फालेर त्यहाँ तैनाथ अन्य सुरक्षाकर्मी समक्ष आत्मसमर्पण गर्दै भने, ‘हामीले जे गर्नु थियो गरिसक्यौं । अब तिमीहरुलाई जे गर्नु छ त्यो गर ।’

त्यसपछि केही सैनिक अधिकारीले स्थितिलाई नियन्त्रणमा लिँदै बेअन्त सिंह र सतवन्त सिंहलाई कुटपीट गर्दै गार्ड रुममा लगेर राखे । दुईवटै हत्यारा त्यहाँ करिब १० मिनेट रहेका थिए, इन्डो–तिब्बतीयन सीमा प्रहरीका दुई प्रहरीले गोली प्रहार गरेर बेअन्त सिंहलाई मारिदिए । ती दुई प्रहरी थिए, इन्सपेक्टर शर्मा र कन्स्टेबल दर्शन सिंह ।

दुवै हत्यारालाई गार्ड रुममा राख्ने तयारी भइरहँदा सतवन्तले प्रहरीको पेस्तोल खोस्न खोजेपछि उनीमाथि गोली चलाउनु परेको ती दुई प्रहरीको भनाइ थियो ।

Related Posts: