लामीछाने, उदयपुर । उदयपुरको कटारीमा भएको सुमो दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । कटारीबाट करिब २५ किलोमिटर पर रहेको ठाटीमा भएको दुर्घटनामा ८ जनाको घटनास्थलमा र चालक हरी कार्की को कटारी अस्पातालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट खसेको हो ।
मृत्यु हुनेमा अंजना राई, सन्देश किराती, ईशवर भट्टराई, मिथिलेश कुमार शाह रहेको प्रहरीले जनाएको अन्य मृतकहरुको सनाखत हुन सकेको छैन् ।
र्इलाका प्रहरी कार्यलय कटारीका डीएसपी महेन्द्र श्रेष्ठले दिएको जनाकारी अनुसार घाईते महिलाको परिचय खुल्न सकेको छैन्, उनलाई उपचारका लागी न्युरो अस्पताल रिफर गरिएको छ उनिसँगै ३ वर्षको बच्चा पनि छ ।
कटारी बाट १२ बजे ओखलढुङगाको लागी हिडेको सूमो कटारी वडा नं ११ को ठाटीको भिरबाट खसेको थियो ।