सन् २०१७ का लागि फिफा वर्ष खेलाडीको अवार्ड जितेपछि स्पेनिस रियल मड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सीसँगको आफ्नो प्रतिद्वन्द्वीता समाप्त नभई बल्ल सुरु भएको बताएका छन् । लगातार दोस्रोपटक तथा समग्रमा पाँचौंपटक उपाधि जितेपछि रोनाल्डोले आफ्ना चीर प्रतिद्वन्द्वी मेस्सीबारे यस्तो बताएका हुन् ।
सोमबार राति लन्डनमा विश्वको उत्कृष्ट फुटबल अवार्ड ‘फिफा वर्ष खेलाडी’ जितेर मेस्सीसँगको कीर्तिमानसँग बराबरी गरेका रोनाल्डोले भनेका छन्, ‘हाम्रो प्रतिद्वन्द्वीता समाप्त भएको होइन, अब सुरु भएको छ ।’ रोनाल्डोले एक बेलायती पत्रिकालाई अन्तर्वार्ता दिँदै यस्तो बताएका हुन्
त्यसक्रममा रोनाल्डोले मेस्सी र आफ्नो तुलना हुनै नसक्ने पनि बताए । उनले मेस्सी र आफ्नो खेल्ने तरिका फरक भएको भएको भन्दै आफ्नो तुलना मेस्सीसँग हुनै नसक्ने दाबी गरे ।
‘हामी दुवै एउटै समयमा खेलिरहेका छौं । उनले पाँचपटक उपाधि जितिसकेका छन् । र, मैले पनि उति नै जितें,’ उनले भनेका छन् ।