आज ठूली एकादशी, यसरी गर्नुस् भगवान् विष्णु र तुलसीको पूजा गर्दै यसपाली को देउसी भैलो सकिदै

भिडियो सहित हेर्नुहोस !
Advertisement
कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा ठूली एकादशी पनि भनेर चिनिन्छ । तिहारपछि आउने यो एकादशी यसपाली मंगलवार परेको छ ।

आषाढ शुक्ल एकादशीमा भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुन्छ र चार महिना पूरा भएपछि कार्तिक शुक्ल एकादशीको दिन उठ्नुहुन्छ ।
विष्णुजीको शयन अवधिमा विवाहलगायतका मांगलिक कार्य गर्न नहुने मान्यता छ । हरि जागेपछि भने सबै मांगलिक र शुभ कार्य गर्न हुन्छ ।
ठूली एकादशीमा व्रत बस्दा भगवान् विष्णु प्रसन्न हुनुहुने मान्यता छ । यस दिनमा तुलसी र शालिग्रामको विवाह गर्ने प्रचलन पनि छ ।
भगवान् विष्णु जागा हुनुभएपछि तुलसीको प्रार्थना नै सुन्नुहुन्छ । त्यसैले तुलसी विवाहलाई भगवानको जागरणको पवित्र मुहूर्तको स्वागतको आयोजन पनि मानिन्छ । तुलसीको माध्यमले भगवानको आह्वान गरिन्छ ।
शास्त्रमा बताइएअनुसार, ठूली एकादशीको दिन घर सफा गरेर स्नानादिबाट निवृत्त भएपछि आँगनमा भगवान् विष्णुका चरणलाई चित्रित गर्नुपर्छ । गेरुले यस्तो चित्र बनाएर फल, पक्वान्न, मिष्ठान्न, बयर र उखु राखेर डालोले ढाकने र एउटा दियो बाल्ने प्रचलन छ ।
राति परिवारका सबै वयस्क सदस्यले भगवान् विष्णुको विधिवत् पूजा गरेर बिहानीपख भगवानलाई शंख र घन्टी बजाएर जगाउँछन् ।

Related Posts: