काठमाडौं, १४ कात्तिक – नेपाली कांग्रेसले मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि ३२ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । कांग्रेसले मंगलवार १० जना उम्मेदवारको नाम टुंगो लगाएको छ । केही दिन अघि नै कांग्रेसले २२ जना उम्मेदवारको नाम टुंगो लगाएको थियो ।
दुइवटै संविधानसभामा समानुपातिक तर्फबाट सांसद बनेकी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा आरजु राणा देउवालाई यसपालीको निर्वाचनमा प्रत्यक्ष तर्फबाट उम्मेदवार बनाइएको छ ।
देउवा पत्नी आरजु कैलाली पाँचबाट चुनाव लड्ने भएकी छन् । अम्बिका बस्नेत काठमाडौं ३ बाट, महालक्ष्मी उपाध्याय डिना मकवानपुर २ बाट र सीता गुरुङलाई तेह्रथुमबाट टिकट दिइएको छ ।
राप्रपासँगको तालमेलले गर्दा समानुपातिकमा पुगेका कांग्रेस नेता कृष्ण सिटौलालाई फेरि प्रत्यक्षबाटै टिकट दिइएको छ । सिटौलाले झापाको क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने भएका छन् ।
पाल्पा १ बाट विजय घिमिरे, पाल्पा दुईबाट हरि नेपाल, गुल्मी १ बाट चन्द्र भण्डारी, गुल्मी २ बाट चन्द्र केसी र अर्घाखाँचीबाट डा. रामबहादुर बीसीलाई प्रतिनिधिसभा तर्फको टिकट दिइएको छ । भण्डारी र नेपाल २०७० सालको संविधानसभा चुनावमा विजयी भएका थिए ।
यसअघि कांग्रेसले केही दिन पहिले दोस्रो चरणको निर्वाचनमा पार्टीका तर्फबाट प्रतिनिधिसभाका लागि २२ उम्मेदवारको टुंगो लगाएको थियो ।
जसअनुसार सभापति देउवा डडेल्धुरा क्षेत्र नं १, वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं १, महामन्त्री डा शशाङ्क कोइराला नवलपुर क्षेत्र नं १, नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १, गोपालमान श्रेष्ठ स्याङ्जा क्षेत्र नं २, विमलेन्द्र निधि धनुषा क्षेत्र नं ३ र विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं ३ बाट उम्मेदवार बन्नेछन् ।
यस्तै पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नं १, महेश आचार्य मोरङ क्षेत्र नं ४, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नं ४, रमेश रिजाल पर्सा क्षेत्र नं ४, डा नारायण खड्का उदयपुर क्षेत्र नं १, डा मीनेन्द्र रिजाल मोरङ क्षेत्र नं २, डा प्रकाशशरण महत काठमाडौँ क्षेत्र नं ५, फरमुल्लाह मन्सुर बारा क्षेत्र नं ३, एनपी साउद कञ्चनपुर क्षेत्र नं २ र अर्जुनप्रसाद जोशी पर्वत क्षेत्र नं १ बाट उम्मेदवार बन्नेछन् ।
यसैगरी डा शेखर कोइराला मोरङ क्षेत्र नं ६, नवीन्द्रराज जोशी काठमाडौँ क्षेत्र नं ८, गगनकुमार थापा काठमाडौँ क्षेत्र नं ४, रमेश लेखक कञ्चनपुर क्षेत्र नं ३ र नारायणबहादुर कार्की उदयपुर क्षेत्र नं २ बाट उम्मेदवार बन्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
दोस्रो चरणमा निर्वाचन हुने १ सय २८ निर्वाचन क्षेत्र मध्ये बाँकी स्थानमा अन्य दलसंगको चुनावी तालमेलका आधारमा उम्मेदवारको टुंगो लगाइने कांग्रेस नेताहरुले बताएका छन् ।
बाँकी उम्मेदवारको टुंगो लगाउन मंगलवार पनि कांग्रेस संसदीय समितिको बैठक बस्दैछ । निर्वाचनका लागि कांग्रेसले मंगलवार मात्र चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
जापान सरकारबाट चार एम्बुलेन्स सहयोगजापान सरकारबाट सहयोग स्वरुप प्राप्त चारवटा एम्बुलेन्स काठमाडौंमा एक समारोहका बीच नेपाल रेडक्रस सोसाइटीलाई बुधबार हस्तान्तरण गरिएको छ। नेपाल रेडक्रस सो…Read More