नेपाललाई समृद्द बनाउने नेपाली कांग्रेसको पहलबाट आफू उत्साहित भएर कांग्रेसमा प्रवेश गरेको हुँ - बिलिनियर बिनोद चौधरी

भिडियो सहित हेर्नुहोस !
Advertisement


उद्योगपति विनोद चौधरीले समृद्ध नेपाल बनाउने नेपाली कांग्रेसको पहलबाट आफू उत्साहित भएर कांग्रेसमा प्रवेश गरेको बताएका छन्। मंगलबार प्रेस विज्ञप्ति प्रकाशित गरी उद्योगपति चौधरीले विश्वमा लोकतान्त्रिक शासन पद्धती र खुलाबजार अर्थतन्त्र विवादरहित विषय भएको र उक्त अभियानमा आफूलाई सरिक बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले अवसर दिएको भन्दै प्रसन्नता व्यक्त गरेका छन्।

‘आफ्नो जीवनकालमा समृद्ध नेपाल देख्ने मेरो सपना हो। यसलाई तपाई हामी सबैले हाम्रो साझा एजेण्डा बनाउनुपर्छ र यसका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ, चौधरीले विज्ञप्तिमा भनेका छन्, ‘यो सपना साकार पार्न म आफ्नो तर्फबाट कुनै कसर बाँकी राख्नेछैन। नेपाली कांग्रेस पार्टीबाट सार्वजनिक गरिएको सो आव्हान तथा पहलबाट म झनै उत्साहित भएको छु।’


आजको विश्वमा लोकतान्त्रिक शासन पद्धति र खुलाबजार अर्थतन्त्र विवादरहित विषय भएको उल्लेख गर्दै चौधरीले भनेका छन्,‘ यही बाटो मार्फत् विश्वले आर्थिक समृद्धि हासिल गर्न सम्भव भएको छ भने नेपाल अपवाद बन्न सक्दैन। यस वृहत्तर सोंचको एक सहयोगी बन्ने अवसर प्रदान गर्नु भएकोमा म सम्माननीय प्रधानमन्त्रीज्यू र नेपाली कांग्रेसको नेतृत्व गणप्रति आभार व्यक्त गर्दछु।’

समृद्ध नेपाली, समृद्ध समाज र समृद्ध राष्ट्र निर्माण गर्नु नेपालीको साझा लक्ष्य रहेको चौधरीले बताएका छन्। ‘पहिलो संविधानसभामा प्रतिनिधित्व गरिरहदा मैले समृद्ध नेपाल निर्माणका लागि उदार अर्थव्यवस्था एवं गतिशिल निजी क्षेत्रको पक्षमा सदनभित्र र सार्वजनिक रुपमा पनि संघर्षरत रहें। फरक–फरक पृष्ठभुमीबाट आएका सभासदहरुको उपस्थिती रहेको उक्त संविधानसभामा मेरा सम्पूर्ण प्रयास भावी संविधानमा आर्थिक विकासमा नकारात्मक प्रभाव पर्ने गरि कुनै बुँदा नलेखियोस् भन्नेतर्फ केन्द्रित थियो।’ु

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मञ्चहरूमार्फत् राष्ट्रको प्रतिष्ठा अभिवृद्धि र लगानी प्रवर्धनलाई आफूले प्रमुख एजेण्डा बनाउदै आएको उल्लेख गर्दै चौधरीले विज्ञप्तिमा भनेका छन, ‘यस्ता मञ्चहरुमा मेरो जोड नेपाल र नेपालीको स्वाभिमान एवं समुन्नत नेपाली अर्थतन्त्रको विकासमा केन्द्रित रहने गर्दछ। वल्र्ड इकोनोमिक फोरम देखि फोब्र्ससम्मका विश्वविख्यात अन्य फोरमहरुमा पनि नेपाललाई दक्षिण एसियाको नमूना राष्ट्रका रुपमा स्थापित गर्न सम्भव छ भन्ने बारेमा मैले अन्तर्राष्ट्रिय जगतको ध्यानकर्षण गराउदै आएको छु।’

कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रमार्फत् आफूमाथि सद्भाव दिएको भन्दै चौधरीले कृतज्ञता व्यक्त गरेका छन। ‘यसबाट मलाई नेपालको नयाँ उचाईको आर्थिक विकासमा आफ्नो क्षमताले भ्याएसम्म योगदान गर्न हौसला मिलेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘यो हौसला एवं सद्भाव व्यक्तिगत रुपमा मात्रै नभई उद्यम, व्यवसायको माध्यमद्वारा राष्ट्रको आर्थिक विकासमा योगदान पु¥याइरहनु भएका सम्पूर्ण महानुभावप्रति समर्पित छ भन्ने मैले बुझेको छु।’

२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालको दीर्घकालिन आर्थिक रुपान्तरणको प्रारम्भिक चरणमा आफुले नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष एवं अध्यक्षका हैसियतले तत्कालीन प्रधानमन्त्रीद्वय स्व.कृष्णप्रसाद भट्टराई र स्व. गिरिजाप्रसाद कोइरालासँग काम गर्ने शौभाग्य प्राप्त गरेको कुरा पनि चौधरीले स्मरण गरेका छन्।

‘आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका सहायक हैन, अग्रणी हुनुपर्छ भन्ने मेरो धारणा सधै नै रहयो,’ चौधरीले भनेका छन, ‘अर्थतन्त्रको फराकिलो एवं उच्च वृद्धिका लागि निजी क्षेत्रलाई निर्णायक भूमिका दिइनुपर्छ भन्ने मान्यता स्थापित गर्न म संघर्षरत रहदै आएको छु। आर्थिक विकासको इन्जिननिजी क्षेत्र नै हो भन्ने सोंचलाई व्यवहारमा कार्यान्वयन गर्न मैले सक्दो योगदान पुर्‍याउनेछु।’ – अन्नपूर्णपोस्टबाट

Related Posts: