भिडियो सहित हेर्नुहोस !
Advertisement
उत्तर कोरियाका बारेमा एक सनसनीपूर्व रिर्पोट सार्वजनिक भएको छ। अमेरिकाले गरेको एक अध्ययनले उत्तर कोरियाले परमाणु हतियार सँगसँगै जैविक हतियारको पनि निर्माण गरिरहेको दाबी गरेको हो।
अमेरिकाको बेल्फर सेन्टरले सार्वजनिक गरेको उक्त अध्ययन अनुसार उत्तर कोरियाले अमेरिकाको प्योङयाङ र चेचक फैलाउन सक्ने जैविक हतियार बनाएको हो। उत्तर कोरियाले परमाणु हतियार निर्माण गरिरहेको तथ्य सार्वजनिक सँगै यो रिर्पोटले पनि अमेरिकमा बढी खतरा पैदा गरेको छ।
उत्तर कोरियाले यो काम १९६० को दशकमा सुरु गरेको रिर्पोटले देखाएको छ। कोरिया युद्धका बेला १९५० र १९५३ का बीचमा हजारौँ व्यक्तिले ज्यान गुमाएका थिए। उसै बेला उत्तर कोरियाले त्यसको बदला लिन जैविक हतियारको निर्माण सुरु गरेको रिर्पोटमा उल्लेख छ।