नेपालको यौनवजारलाई वैधानिकता नदिएको भएपनि हरेक दिन करोडौंको लेनदेन चल्ने गरेको छ भन्दा धेरैलाई पत्याउनै गाह्राे छ

भिडियो सहित हेर्नुहोस !
Advertisement
नेपालमा भूसको आगो झै फैलदैं छ यौन बजार, बाहिर झट्ट हेर्दा न यौनवजारको पर्दाभित्र नजर पु्ग्छ न दन्केको यौनबजार नियन्त्रणको बाटोमा नै छ । नेपालको यौनवजारलाई वैधानिकता नदिएको भएपनि हरेक दिन करोडौंको लेनदेन चल्ने गरेको छ भन्दा धेरैलाई पत्याउनै गाह्राे छ । तर यहि सत्य हो नेपालको यौनबजार अब कसैले चाहेर पनि नियन्त्रण गर्न नसक्ने गरि फैलदों छ । यही कारण पनि हुन सक्छ भित्रभित्रै नेपालमा पनि रेडलाइट एरिया तोकी यौनबजारलाई व्यवस्थित गर्नुपर्ने आवाज गुञ्जिन थालेको छ ।
पर्यटन व्यवसायीको भनाईलाई पत्याउने हो भने, प्रत्येक दिन काठमाडौंमा ६० लाख देखी १ करोड ५० लाख रुपैयाँसम्मको यौन व्यापार हुने गरेको छ । यो आँकडा काठमाडौंमा सञ्चालित मनोरञ्जन क्षेत्र र होटलहरुको मात्रै हो ।
मनोरञ्जन क्षेत्रअन्तर्गत डान्सबार, क्याबिन, मसाज, दोहोरी साँझ, खुला रेस्टुरेन्ट, डिस्को आदि पर्छन् भने होटल अन्र्तगत राजधानीका तारेहोटलसहित खाने बस्ने प्रबन्ध भएका राजधानीका ठमेल, वागबजार, गोंगबु र सुन्धारा क्षेत्रका होटलहरु पर्दछन ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समीर गुरुङका अनुसार काठमाडौंमा संञ्चालित मनोरञ्जन क्षेत्रमा ६० हजारले प्रत्यक्ष रोजगार पाएका छन् । त्यसमध्ये ८० प्रतिशत कामदार महिला छन् भने त्यसको ४५ प्रतिशत महिला यौन व्यवसायमा संलग्न छन् । उनले भने, ‘रात्रिकालीन व्यवसाय भनौँ या मनोरञ्जन क्षेत्रमा ६० हजारले प्रत्यक्ष रोजगार पाएको हामीसँग तथ्यांक छ । त्यसमध्ये धेरै महिला छन् । उनीहरू क्लिनर, वेटर, क्याप्टेन, गायिका, मसाजकर्ता लगायत विभिन्न काममा आबद्ध छन् ।’गुरुङको भनाइलाई आधार मान्दा राजधानीमा सञ्चालित मनोरञ्जन क्षेत्रमा मात्रै ५० हजार महिला विभिन्न काममा संलग्न छन् । उनीहरू मध्ये ६० प्रतिशत महिला यौन व्यवसायमा संलग्न हुन्छन् भन्ने गुरुङको भनाइअनुसार त्यो संख्या ११ हजार दुई सय ५० हुन आउँछ ।
स्टार होटलले आफु यस्ता क्रियाकलापमा संलग्न भएको नदेखाउन ग्राहकलाई आफनो सम्र्पकका ट्याक्सी व्यवसायी, बिभिन्न चलचित्रका निर्माताहरु मार्फत तिनै चलचित्रमा संलग्न यूवतीहरुलाई यौनव्यवसायमा प्रयोग गर्ने गरेको उनि बताउछन ।
ठमेलमा आउने अधिकांश ग्राहकको माग चलेका मोडल वा सानो पर्दाको होस वा ठुलो पर्दाका नायिकाहरु नै पहिलो रोजाईमा पर्ने गरेका छन । यहि कारण पछिल्लो समय ठमेल आसपासका क्षेत्रमा क्रियाशिल महिला यौनव्यवसायीहरु नै सर्टमुभिको नाममा बन्ने बिभिन्न खाले भिडियोमा नायिकाको रुपमा देखिने गरेको गुरुङको भनाई छ ।
यिनीहरु यौनव्यवसायमा महंगा यूवतीको रुपमा पनि चिनिने गरेका छन । यस आधारमा प्रत्येक रात मनोरञ्जन क्षेत्रमा काम गर्नेहरूबाट मात्रै २ करोड ६८ लाख ७५ हजार रुपैयाँ व्यापार हुने देखिन्छ । यस आधारमा हेर्दा प्रत्येक महिना यस क्षेत्रमा न्यूनतम १ अर्ब ३ करोड ६२ लाख ५० हजार रुपैयाँको कारोबार हुन्छ ।

Related Posts: