हस्तमैथुन आत्मरतिको सबैभन्दा सजिलो र बहुपरिचित माध्यम हो । यौनसाथी सँगसँगै बसेर अलगअलग गर्ने वा परस्परमा एकअर्कालाई गरिदिने हस्तमैथुनलाई पारस्परिक हस्तमैथुन भनिन्छ । हस्तमैथुन सबै उमेर र लिंगका व्यक्तिले प्रयोग गर्ने आत्मरतिको माध्यम हो । दुब्लो हुनुमा हस्तमैथुनको भूमिका कतै हस्तमैथुनले हानी गर्छ कि ? धेरैमा चासो र चिन्ता हुन्छ । यौन आनन्द प्राप्त गर्ने उपायहरूमध्ये सबैजसोका लागि यौन अङ्गको घर्षण नै प्रमुख हो । यौन सम्पर्क गर्दा यौन अङ्गहरू एक–आपसमा घर्षण गराइन्छ । सिद्धान्तत: यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन अङ्गको घर्षणबाट यौन आनन्द पाउने प्रक्रिया उस्तै हो । त्यसैले चिकित्सक भन्छन् यौनसम्पर्क गर्दा हानि हुँदैन तर हस्तमैथुन गर्दा हानि हुन्छ भन्न मिल्दैन ।
तपाईंको दुब्लोपनसँग यसको प्रत्यक्ष सम्बन्ध छैन, त्यसैले यस विषयमा अनावश्यक चिन्ता नलिनु नै बेस हुन्छ । हस्तमैथुन एउटा स्वाभाविक कुरा हो । यस विषयमा अनेक भ्रम भए पनि यसले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । उम्लिएको यौन चाहनालाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने भरपर्दो विधिमा पर्छ हस्तमैथुन । हस्तमैथुनले यौनातुर पुरुष र स्त्रीलाई आफूले राख्न नचाहेको वा सामाजिक नैतिक मान्यताबाहिर परेको यौनसम्बन्धबाट बचाउँछ ।
असुरक्षित यौन सम्पर्कबाट सर्न सक्ने विभिन्न यौन रोगबाट जोगाउँछ । हस्तमैथुन गर्ने अनि हस्तमैथुन गरेकामा अनावश्यक पछुतो मानेर आफ्नो मनमस्तिष्कलाई अनावश्यक दबाब पु¥याउने र हस्तमैथुनबाट दुब्लाइन्छ, विवाहपछि यौनजीवन बिग्रन्छ, यौनांग टेढो वा सानो हुन्छ भन्ने जस्ता भ्रम पालेर आफूलाई अस्वस्थ मान्छे ठान्नु भ्रमबाहेक केही होइन ।
हस्तमैथुनबाट कुनै पनि किसिमको शारीरिक वा मानसिक हानि हुन्छ भन्नु भोक लागेको मानिसलाई खाना खाएर वा निद्रा लागेको मानिसलाई सुतेर हानि हुन्छ भन्नुजस्तै हो । हस्तमैथुनकै कारण मानिस दुब्लाउँदैन । कति हस्तमैथुन गर्ने भन्ने विषय व्यक्तिको यौन चाहना भएका बेला यौनसाथीको अभावको परिस्थितिले निर्धारण गर्ने कुरा हो । हस्तमैथुन गरेको विषयलाई चिन्ताको रूपमा लिएपछि मात्रै कोही दुब्लाउन सक्छन् । अन्यथा हस्तमैथुन गरेकै भरमा मानिस दुब्लाउने कुरा वैज्ञानिक रूपमा प्रमाणित भएको छैन ।
हस्तमैथुन गर्ने महिलाको संख्या पनि कम छैन । हस्तमैथुनले महिलालाई आफ्नो यौनव्यवहार तथा त्यसको प्रतिक्रियाका सम्बन्धमा सिक्ने अवसर प्रदान गर्छ । तर, हस्तमैथुनलाई आवश्यकताभन्दा बढी लतका रूपमा प्रयोग गर्ने र यसलाई सम्भोगको स्थायी विकल्पका रूपमा प्रोत्साहन दिएर धेरै नै अग्रगामी बन्ने दुस्साहस कसैले गर्नु हुँदैन ।
झट्ट हेर्दा अत्यधिक चर्चाका कारणले गर्दा हस्तमैथुन पुरुषहरूको मात्र पेवा यौनव्यवहारजस्तो देखिन्छ । तर, हस्तमैथुन गर्ने महिलाको संख्या पनि कम छैन । हस्तमैथुनले महिलालाई आफ्नो यौनव्यवहार तथा त्यसको प्रतिक्रियाका सम्बन्धमा सिक्ने अवसर प्रदान गर्छ । हस्तमैथुनका बेला हुने यौनिक स्रावले यौनांगहरूमा हुने रक्तसञ्चारलाई समेत सन्तुलित गर्छ । कतिपय महिलाले महिनावारीको बेला हुने पीडा कम गर्नसमेत हस्तमैथुनको उपाय अवलम्बन गर्ने गरेका छन् ।