महिलाहरुले अत्याधिक अर्थात धेरै पटक सेक्स गरेमा स्मरण शक्ति बढ्ने एक अध्ययनले देखाएको छ । क्यानाडाको म्याकगल विश्वविद्यालयले गरेको अध्ययन अनुसार धेरै सेक्सले महिलाहरुमा शब्द सम्झिन सक्ने क्षमताको विकास गर्ने गरेको पाइएको हो ।
यस अध्ययनमा १८ देखि २९ बर्ष उमेरका ७८ जना महिलाको शबद चयन र अनुहारको आधारमा कम्युटर मेमोरी प्रोगाममा राखेर हेरिएको थियो । जसबाट अधिक सेक्स गर्ने महिलाहरुमा शब्दलाई याद गर्ने क्षमता बढी देखिएको थियो ।
अध्ययनले महिलाहरुको अधिक सेक्स गर्नु भनेको दिमागको एक हिस्सा, स्मरण प्रक्रिया र शरीरको स्नायु प्रणालीको एक महत्वपूर्ण विषय भएको बताइएको छ । यसअघि यही किसिमको अध्ययन पशुमा गरिएको थियो भने पछि विद्यार्थीहरुमा पनि गरिएको थियो । यस अध्ययनले पेनिस बजाइनल इन्टरकोष एक स्वास्थ्य युवा महिलामा राम्रोसँग हुने देखिएको छ ।