सिड्नी, १४ कात्तिक : न्यु क्यालेडोनियाको तटीय क्षेत्रमा मङ्गलबार ६.८ रिक्टर स्केलको भूकम्प गएको छ ।
राजधानी नोउमेयाबाट २५३ किलोमिटर टाढा रेहको स्थानको २९ किलोमिटर गहिराइमा यस भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ ।
प्रशान्त महासागरिय क्षेत्रमा पर्ने यस इलाकामा उक्त भूकम्पपछि सुनामी चेतावनी भने दिइएको छैन् ।
प्रशान्त महासागरिय सुनामी चेतावनी केन्द्रका अनुसार तत्काल सुनामी चेतावनी भने दिइएको छैन् । भीषण रुपमा भएको कम्पनको कारण ठूलो मात्रामा क्षति भएको बताइएको छ ।
न्यु क्यालेडोनियामा भूकम्पको प्रकोप बारम्बार दोहोरिने गरेको पाइन्छ । (रासस÷एएफपी)