ईश्वोर दुलाल,झापा,१४ कात्तिक | नेपाली चलचित्र ‘होलिडे’का छायाँकार दिनेश कुमार राई (बान्तवा) यूरोपको बेल्जियमबाट फरार भएका छन । बसन्त निरौला निर्देशित उक्त चलचित्रको सम्पूर्ण छायांकन सकेर नेपाल फर्किन १ दिन बाँकी रहँदा राई सम्पर्क बिहिन भएको निर्देशक बसन्तले जानकारी दिएका छन ।
राईले पासपोर्ट र महत्वपूर्ण कागजात लिएर फरार भएको बसन्तले बताएका छन् । ‘केहि सामान किन्न भनि बाहिर निस्केका राई त्यसपछि सम्पर्कमा आएन्न ‘निर्देशक निरौलाले भने ‘कतै केहि भयो कि भनि प्रहरीकोमा पुग्यौँ तर कुनै अप्रिय घटना भएको पत्ता लागेन । प्रहरीले पनि उनि फरार भएको भन्दै खोजी गरीरहेको बनाएको छ’ ।
दिनेशसँगै नेपाल फर्किनलाई टिकट लिएका नायक गौरव पहारी र मूख्य सहायक निर्देशक बिनय पौडेल भने सोमबार नै नेपाल आईसकेका छन् । आइतबार देखि दिनेश सम्पर्क बिहिन भएका हुन् । उनले घरमा लैजान भनेर किनेका सामानसहितको लगेज भने यत्तिकै छोडे हिडेका छन् । दुई महिनाको लागि प्रवेशाज्ञा पाएका उनको भिसा अवधी अझै केहि दिन बाँकी रहेको निर्देशक निरौला जानकारी दिएका छन् । निर्देशक निरौला सहित चार जना अझै यूरोपमा नै रहेको र नोवेम्बर पाँच तारिक सम्ममा सम्पर्कमा आएर नेपाल नफर्केमा त्यहाँको कानुन बमोजिमको कारवाही हुने निर्माता तथा कलाकार श्याम श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठ सहित हरिकृष्ण कार्की र तेजेन्द्र कँडेलले ‘होलिडे’ टीमलाई स्पोन्सर गरेका थिए । श्यामले यूरोपको जुनसुकै स्थानमा भएपनि कारबाही गर्ने जानकारी दिएका छन् ।
श्यामका अनुसार दिनेशलाई लुक्न सहयोग गर्ने सहयोगीलाई पनि मानव तस्करीको मुद्दा चलाई हदैसम्म कारवाही हुने जानकारी दिएका छन् । निर्देशक निरौलाले आफुले बिश्वास गरेर लगेको तर दिनेशले बिश्वासघात गरेकोले कारबाही गरेरै छोड्नेपनि बताए । यदि उनलाई प्रहरीले पक्राउ गरेको खण्डमा उनलाई फेला पार्न खर्च भएको सम्पूर्ण रकम प्रहरीलाई बुझाउनै पर्ने नियम रहेको पनि बताईएको छ । दिनेश चलचित्र प्राविधिक संघका कार्यसमिति सदस्य पनि हुन् ।
मंगलबारको ब्रत बिधि र कथासबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रुदमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मङ्गलबारको व्रत एकदमै उत्तम मानिन्छ …Read More
सुनको भाउ फेरि बढ्यो आज, यति छ आजको मुल्य मंगलबार सुन र चाँदी दुबैको मूल्य बढेको छ । आज सुनको मूल्य २ सय रुपैयाँले बढेर प्रतितोला ५३ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो (सोमबार) सुन प्रतितोला ५…Read More
२ गिलास पानीले यसरी घटाउँछ ४ दिनमै मोटोपनमानिसहरु आफ्नो खानपानमा ध्यान दिदैनन् । जसका कारण अहिले आम मानिसहरु मोटोपनका समस्याले हैरान बनेका छन् । धेरैले मोटोपनको समस्या हटाउन अनेकौं उपाए अपनाइ…Read More