काठमाडौं, १४ कार्तिक - शिवम् अधिकारीले निर्देशन गरेको चलचित्र ‘पञ्चायत’ ले अमेरिकाको सान फ्रान्सिको इन्टरनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभलमा उत्कृष्ट नेपाल फिल्मको अवार्ड जितेको छ । सोही फिल्मबाट अभिनेत्री नीता ढुंगानाले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छिन् ।
अभिनेत्री नीता ढुंगानाले आफ्नो फेसबुकमार्फत उक्त अवार्ड पाएर धेरै खुशी भएको बताएकी छिन् । । ‘म धेरै खुशी छु, मेहनतको फल मीठो हुन्छ भन्थे, हो रहेछ ।’, उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छिन् । यही फेस्टिभलका लागि उनी यतिबेला अमेरिकामा छिन् ।
पञ्चायत कालको अवस्थालाई पर्दामा उतार्न खोजिएको फिल्ममा नीताले एक छोरीको भूमिका निभाएकी छिन् । नेपालमा भने फिल्म अझै रिलिज भएको छैन । अमेरिकामा भएको फेस्टिभलमा विभिन्न राष्ट्रका २ सय १६ फिल्म सहभागी थिए ।
सालैजो नुवाकोटे नानी वैशाख ८, २०७४- रोजीरोटीका लागि कतारी देश दुनियाँमा बस्दै आएकी नुवाकोटकी नानु घले छोटो छुट्टीमा भर्खरै घर फिरेकी थिइन् । तर, उता कतार छँदाको दौडधुपभन्द…Read More