बनेपा, १३ भदौ । बनेपा नगरपालिका– ८ स्थित इट्टाभट्टा नजिकै मकैबारीमा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
अर्धनग्न अवस्थामा फेला परेकी करिब ४५ वर्षीया ती महिलाको कुनै पहिचान खुल्न नसकेको धुलिखेल जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले बताउनुभयो ।
यो शव केही दिन अघिको नै हुनसक्छ कुहिएको अवस्थामा छ उहाँले भन्नुभयो । स्थानीय बासिन्दा मकैबारीमा जाँदा सो लास देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रनाउ मरासिनीले जानकारी दिनुभयो ।-
उपचार नपाउँदा सर्पको टोकाईबाट मृत्युश्रावण १६, २०७४- यहाँको चापाकोट नगरपालिका ५ दार्सिङ बस्दै आएका मजदुर १८ बर्षीय मोतिलाल मगरको सर्पको टोकाईबाट मृत्यु भएको छ । कपिलबस्तु शिवगढी नगरपालिक…Read More