श्रावण २०, २०७४- बिहीवार रातिदेखि अविरल पानी परेपछि भैरहवामा नेपाल आयल निगमले भुमाफिया र दलालसंगको मिलोमतोमा कागजी प्रकृया मिलाएर महङ्गोमा खरिद गरेको जमिन डुवानमा परेको छ । शुक्रवार बिहानै रोहीणी खोलाको बाढी हेर्न पुगेका धेरैले व्यङ्ग गर्दै भने ‘लौ रोहीणीको बाढीले नेपाल आयल निगमलाई बगाएछ, अर्को बाढीले पुरै बढार्न बेर छैन ।’
तेल भण्डारण गर्नका लागि भनेर निगमले असार २८ गते खरिद गरेको रोहीणी खोला किनाराको १४ बिगा भन्दा धेरै जमिनमा एक रातमैं परेको बर्षाको बढीले पुरै डुवाएको छ । पानी नपर्दा गाई चर्ने सम्पुर्ण चौर जलमग्न थिए ।
भारतले फिर्ता गर्यो मिचिएको नेपाली भूमिकाठमाडौं, ७ वैशाख । भारतले उपभोग गर्दै आएको ५० हेक्टरभन्दा बढी भूभाग नेपालले फिर्ता पाएको छ । नेपालको कपिलवस्तु र भारतको बलरमवापुर जिल्लाको सिमाना साँ…Read More