भिडियो सहित हेर्नुहोस !
Advertisement
भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणना सकिएको छ । वडा अध्यक्षमा कांग्रेसका कर्ण बहादुर गुरुङ प्यानलसहित बिजयी भएका छन । रतपुर महानगरपालिका वडा नम्बर १९ मा नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । अध्यक्षमा कर्ण गुरुङसहित प्यानल नै विजयी भएका हुन् । भरतपुर १९ मा दलित महिला सदस्यमा चुन्चा परियार, खुला सदस्यमा जयनारयण सापकोटा, दोर्ण गुरुङ, महिला सदस्यमा साधना पराजुली वियजी भएका छन् ।
पछिल्लो परिणाम अनुसार एमाले उमेद्बार देवी ज्ञवालीले ४१ हजार ९ सय ४६ र रेनु दाहालले ४१ हजार ७ सय २५ मत पाएका छन् ।
भरतपुर १९ मा हिजो पुनः निर्वाचन भएको थियो ।पुनः निर्वाचन भएपनि नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल २२१ ले अन्तरले पछाडी छिन् । अब वडा नम्बर २० को मत गन्न बाँकी रहेको छ।