सोनीले ल्यायो नेपाली बजारमा अर्को नयाँ स्मार्टफोन एक्सपेरिया एक्सजेडएस अब नेपाली बजारमा उपलब्ध हुनेछ । जसले एन्ड्रोईड फोन लाई टक्कर दिने सम्भावना छ |
राम्रो र बिशेष फिचर भएको यो फोनको नेपाली बजार मूल्य रु ६९ हजार रूपियाँ मूल्य रहेको यो स्मार्टफोनको प्रि–बुकिङ खुला गरिएको छ । यो स्मार्टफोन गत फेब्रुअरीमा मोबाइल वल्र्ड कंग्रेसबाट लन्च भएको थियो ।
एक्सजेडएस (XZS)को अधिकांश फिचर सोनी एक्सपेरियाकै अघिल्लो स्मार्टफोन एक्सजेडकै जस्तो छ । यो स्मार्टफोनमा मात्रै ५.२ इन्चको फुल हाई डेफिनेसन डिस्प्ले छ । चार जीबी र्याम(RAM)सहित ६४ जीबी आन्तरिक मेमोरी(MEMORY) क्षमता भएको यो स्मार्टफोन एन्ड्रोइडको ७.१ अपरेटिङ सिस्टममा (ओएस) आधारित छ, जुन एन्ड्रोइडको पछिल्लो ओएस हो ।