इराकी सेनाले / अतिवादी संगठन इस्लामिक स्टेट आइएसको ईराकस्थित अन्तिम पकड ईलाका पुन: नियन्त्रणमा लिएको छ । तल अफर शहरमा सेनाले राष्ट्रिय झण्डा फहराउँदै आईएस मुक्त भएको घोषणा गरेको हो । यसअघि अमेरिकि सेना नेतृत्वको गठबन्धनले मोसुललाई समेत आइएस मुक्त गरेको थियो । मोशुल र तल अफर सन् २०१४ देखि आईएसको कब्जामा रहेको थियो । २ हजारको संख्यामा रहेका लडाकुले ५० हजारको संख्यामा गएका सेनाको सामाना गरेका थिए । तल अफरका केहि गाउँमा अझै पनि आईएस लडाकु रहेको आशंकामा ती गाउँ आइएस मुक्त गर्ने कार्य भईरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
रोल्पाको थवाङ गाउँपालिका प्रमुखको अपहरण३० भदौ, रोल्पा । रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन । उनी बिहीबार राति करिब ११ बजेदेखि सम्पर्कविहीन छन ।थवाङ–२ कोइचाव…Read More