नेपाली महिला क्रिकेट टिमकी आशालाग्दी प्रतिभा हुन्– सीता रानामगर । धेरै महिला क्रिकेटर सीतालाई आदर्श मान्छन् । ब्याटिङ र बलिङ् दुवैमा पोख्त सीता राष्ट्रिय क्रिकेटमा दुई पटक म्यान दि म्याच पनि भएकी थिइन् । उनको यही प्रतिभाको कारण सशस्त्र प्रहरीले उनलाई जागिर दिएको थियो । शालीन स्वभावकी सीताले वर्ष २०७३ मा भने अनौठो क्रियाकपाप गरेर आफ्नो करियरमा त धक्का लगाइन् नै आफ्नै प्रशंसकहरूलाई समेत निरास बनाइन् । गत महिना सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा सीताले पूर्वाञ्चलविरुद्ध भैरहेको खेलमा विवाद भएपछि खेल बहिष्कार गरिन् । यसमा उनका सहकर्मीहरूले पनि उनलाई साथ दिए । बहिष्कार गरेर बाहिर निस्कने क्रममा सीताले प्रतिद्वन्द्वी विरुद्ध अश्लील ईशारा समेत गरेको बताइन्छ । यही हरकतका कारण उनलाई खेलकुद परिषद् तथा क्यानले कारवाही गरेको छ । नेपालको कानुनअनुसार वैदेशिक रोजगार व्यवसायी हुनु अपराध होइन । नेपाल सरकारले खर्बौ रुपैयाँको रेमिट्यान्स भित्र्याउने कारण नै वैदेशिक रोजगार व्यवसायीहरू हुन् । यद्यपि आशा फाउन्डेसनकी अध्यक्ष तथा वैदेशिक रोजगार व्यवसायी आशा लामाको यही व्यवसाय उनलाई विवादमा तान्ने माध्यम बन्यो । सरकारले १४ वटा देशका लागि राजदूत सिफारिस गर्दा आशा लामा युएइको राजदूतमा सिफारिस भइन् । त्यसपछि नेपालीहरू वैदेशिक रोजगारमा पुग्ने देशमै वैदेशिक रोजगार व्यवसायी राजदूत हुनु नियम संगत नहुने भन्दै आलोचना सुरु भयो । त्यस क्रममा ओमानकी राजदूत शर्मिला पराजुली तथा कतारका राजदूत रमेश कोइराला समेत विवादमा तानिए । यो लविङ यति सशक्त भयो कि सरकार शर्मिला र रमेशको नाम सदर गरे पनि आशाको नाम फिर्ता लिन बाध्य भयो । यसरी आशा लामाको राजदूत हुने आशामा तुसारापात भयो । आशा फान्डेशनमार्फत् वैदेशिक रोजगारका कारण अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्दै आएकी आशा लामालाई भाग्यले साथ दिएन । अन्तत: उनी राजदूत त हुन पाइनन् नै, उनले गरेका राम्रा काम समेत ओझेलमा परे । पवित्र सेवा समाजमा आश्रय लिइरहेकी महिला कञ्चन रेग्मीले दिएको अन्तर्वार्ताका कारण उनी स्वयं त समस्यामा परिन् नै त्योभन्दा पनि दुई दशकभन्दा बढी अन्तर्राष्ट्रिय मिडियामा बिताएका सुमन खरेल समेत विवादमा परे । सडकमा भेटिएकी कञ्चन रेग्मी वास्तवमा सडकमा नभई योजनबद्ध रूपमा पवित्र सेवा समाजबाट पत्रकार सुमन खरेलसम्म पुगेको बताइन्छ । छोडपत्र भैसकेकी र लागु औषधको कुलतमा परेकी कञ्चनले अन्तर्वातामा आफ्ना छोराहरू टक्सन गाडीमा हिंड्ने र पति मोहन रेग्मीले गलहत्याएर घरबाट निकालेको अन्तर्वार्ता दिएकी थिइन् । उक्त अन्तर्वार्ता प्रसारण भएपछि समाजिक सञ्जालमा चलचल नै मच्चिएको थियो । यद्यपि उनको अन्तर्वार्ता झुटो भएको र पूर्व पतिसँग पैसा असुल गर्ने नियत देखिएको भन्ने भएपछि अघिल्लो दिनसम्म लाखौं दर्शकको सहानुभूति बटुलेकी कञ्चन आलोचनाले घेरिइन् । यसरी रातारात सेलिब्रेटी बनेकी कञ्चन केही दिनभित्रै सबैभन्दा कमजोर महिला सावित भ अपराधमा पुरुषहरूको दबदबा छ । कोमल मानिएका महिलाहरू सधैं अपराधमा संलग्न पुरुषहरूबाट पीडित छन् । यद्यपि सधै र सबै घटनामा महिलामाथि नै अन्याय हुन्छ भन्ने छैन । केही महिला खतरनाक अपराधी हुनसक्ने सम्भावना पनि हुन्छ । यसैको उदाहरण हुन्– फूलकुमारी उँराब । मोरङ घर भएकी फूलकुमारीले लागूऔषध सेवन एवं त्यसको कारोबार गर्ने क्रममा आफ्नो साथीको हत्या समेत गरिन । २०७३ साल असोज २८ गते फूलकुमारीले तीनजना पुरुष साथीको सहयोगमा लागू औषध प्रयोगकर्ता अंकित दाहालको घाँटी रेटेर हत्या गरेकी थिइन् । अहिले उनी महिला कारागार मोरङमा हत्या एवं लागू औषध कारोवारीका रूपमा सजाय काटि
२ गिलास पानीले यसरी घटाउँछ ४ दिनमै मोटोपनमानिसहरु आफ्नो खानपानमा ध्यान दिदैनन् । जसका कारण अहिले आम मानिसहरु मोटोपनका समस्याले हैरान बनेका छन् । धेरैले मोटोपनको समस्या हटाउन अनेकौं उपाए अपनाइ…Read More
मंगलबारको ब्रत बिधि र कथासबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रुदमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मङ्गलबारको व्रत एकदमै उत्तम मानिन्छ …Read More
सुनको भाउ फेरि बढ्यो आज, यति छ आजको मुल्य मंगलबार सुन र चाँदी दुबैको मूल्य बढेको छ । आज सुनको मूल्य २ सय रुपैयाँले बढेर प्रतितोला ५३ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो (सोमबार) सुन प्रतितोला ५…Read More