दुर्घटना नगराउने ५ जना चालक सम्मानित

भिडियो सहित हेर्नुहोस !
Advertisement

पृथ्वीराजमार्ग तथा काठमाडौं उपत्यकामा अत्यधिक गुड्ने ७ सय ट्रिपर मध्य दुर्घटना नगराउने १ सय ५४ जना चालकहरु मध्य गोला प्रथाद्धारा ५ जना लाई २० हजार नगद तथा सम्मान पत्र प्रदान गरिएको हो । धुनीवेसीको खानीखोलामा आयोजित दुर्घटना न्युनीकरण तथा चालकहरु लाई प्रशिक्षण कार्यक्रम पश्चात उपत्यका ट्राफिक महाशाखा प्रमुख सर्वेन्द्र खनालले नगद पुरस्कार तथा दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सम्मान पाउने ट्रिपर चालकहरुमा नवराज लामा, झम्कवहादुर मगर, विष्णुवहादुर तामाङ्ग, श्रीराम लामा र बाबुराम तामाङ्ग रहे
राजमार्ग दुर्घटना गराउन अत्यधिक आरोप लाग्ने गरेका ट्रिपर चालकहरु लाई प्रशिक्षण दिंदै महाशाखा प्रमुख खनालले ‘दुर्घटनाले निम्त्याउने दुवै पक्षको क्षती , पारिवारिक मानसिक अवस्था, आर्थिक व्यय मात्रै नभई अमुल्य जिन्दगी को उच्च मुल्याङ्कन गर्नु पर्ने वताए । डिआईजी खनालले ‘ राजधानीमा ट्राफिक व्यवस्था सुधार गर्न र दुर्घटना न्युनीकरण गर्न व्यवस्थित पार्किङ्ग स्थलको खोजीगर्न समिती गठन भैसकेको समेत बताए ।
वाग्मती अञ्चल प्रमुख धीरजप्रताप सिंहले ‘नेपालीका महान चाडपर्व दुर्घटना रहित वनाउन चालकहरुको ठुलो हात रहेकोले आफनो क्षमता प्रदर्शन गर्नु पर्ने’ बताए । प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले राजमार्गमा अघिल्ला आर्थिक वर्षको तुलनामा ट्रिपरहरुकै कारण सडक दुर्घटनामा वृद्धि भइरहेकोले सजग रहन ट्रिपरका लगानीकर्ता र चालक र सहचालकहरुलाई आग्रह गरेका
संघका अध्यक्ष गणेशलाल श्रेष्ठले ‘ट्रिपरको काम दुर्घटना गराउने मात्रै नभएको देश विकासमा महत्वपूर्ण भूमिका मा रहेको बताए । अध्यक्ष श्रेष्ठले देशभरका २७ सय ट्रिपर हरुमध्य ११ सय सदस्य रहेको संस्थाका व्यवसायीहरुले १० अर्व लगानी रहेको र ७२ सय जना लाई प्रत्यक्ष रोजगार दिई रहेको बताए । २८ हजार परिवार आश्रित यस व्यवसायलाई मर्यादित बनाउन संघले प्रभावकारी भूमिका खेल्ने बता

Related Posts: