काठमाडौंमा शुक्रबार एक समारोहबीच कलेजले ती विद्यार्थीलाई दीक्षित गरेको हो । दीक्षान्त समारोहमा द युनिभर्सिटी अफ दी वेस्ट अफ इङ्गल्यान्डको पाठ्यक्रममा बीबीए (हन्स) बिजनेस एन्ड म्यानेजमेन्टका ६९ जना विद्यार्थी र एमएसी इन्टरनेशनल बिजनेस म्यानेजमेन्टका २८ जना ग्राज्युएटस् भएका थिए । त्यसै गरी लिड्स बेक्केट युनिभर्सिटीअन्तर्गत बीएसी (हन्स) कम्युटिङका १०४ विद्यार्थीहरु दीक्षित भएका छन् दीक्षान्त समारोहका प्रमुख अतिथि बेलायतका हाउस अफ लर्डका प्रतिनिधि एघारौ अर्लअफ स्यान्डबीच जोन एडवर्ड हलिस्टर मोन्टागु, लिड्स वेकेट युनिभर्सिटीका प्रतिनिधि प्रोफेसर लेस्ले अर्ली, युनिभर्सिटी अफदी वेस्ट अफ इङ्गल्यान्डका प्रतिनिधि तथा बिजनेस एन्ड म्यानेजमेन्टका प्रमुख प्याट्रिसिया भोयडेनलेलगायतले विद्यार्थीहरुलाई दीक्षित गराएका ब्रिटिस कलेजले विज्ञप्तिमार्फत जनाएका छन बेलायतको युनिभर्सिटी दी वेस्ट अफ इङ्गल्यान्ड र लिड्स वेकेट युनिभर्सिटीको सम्बन्धमा सन् २०११ देखि ब्रिटिस कलेज नेपालमा सञ्चालन भइरहेको छ